भोजपुरः पौवादुङमा गाउँपालिका भोजपुरले विभिन्न ठाउँमा अस्थायी बसोबास गर्ने पालिका भित्रका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । लकडाउनको मारमा परेका पालिका भित्रका नागरिकलाई काम वा अन्य बिशेष कारणले अन्य ठाउँमा बसोबास गर्ने ब्यक्ति तथा परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको हो ।
प्रदेश पोर्टल सगँ कुरा गर्दै गाउँपालिका अध्यक्ष किरण राईले भने बिभिन्न ठाउँमा खाना खान नपाएर भोक भोकै हिडिरहेको वा खान खान नपाएर आत्महत्या नै गरेका समाचार आईरहेको छ । त्यस विषयलाई हाम्रो पालिकाले मध्यनजर गरी कुनै पनि ब्यक्ति खाना खान नपाएर भौतारीनु नपरोस् भनेर यस्तो सुविधाको ब्यबस्था गरेका छौं ।
त्यसका लागि पािलका भित्रका स्थानीयबासी कुन ठाउँमा बसोबास गर्छन् ? कति जनाको परिवार छ ? लगायत सम्पुर्ण जानकारी पालिकालाई बताएपछि गाउँपालिकाले त्यस क्षेत्रका स्थानीय तहसगँ समन्वय गरी अत्याबश्यक खाद्यान्न सामग्री उपलब्ध गराउने अध्यक्ष राईको भनाई छ । तर सो क्षेत्रका स्थानीय तहले वास्ता नगरे पालिका आफैंपनि त्यस्ता ब्यक्तिहरुलाई खाद्यान्न उपलब्ध गराउने राईले बताए ।
त्यसकालागि निम्न नम्बरमा खबर गर्न समेत आग्रह गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश राई,९८४२२८५४३१
सुचना अधिकारी ज्ञानु दाहाल ९८१९०६१०९५
सुचना प्रबिधि अधिकारी मुकेश राई लाई ९८६०७८१६९०