इटहरी: नेपालमा एकैदिन १४ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।
शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो।

त्यस्तै आजै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।

कोरोना सक्रंमित ३० जना मध्ये एक जना निको भई घर फर्किसकेका छन् ।