इटहरी: पछिल्लो पटक प्रदेश एकमा एकै दिन १२ जना कोरोना संक्रमित फेला परेपछि आजबाट लकडाउन कडा झन् कडा भएको छ ।
प्रदेश एकको उदयपुरमा रहेको मस्जिदमा एकै पटक १२ जना कोरोना भाईरसको सक्रमित भेटिएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रवार राती अवेरबाट लकडाउन कडा बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपि बिनोद शर्माले भने उदयपुरको मस्जिदमा रहेका १२ जना भारतिय नागरिकहरुमा कोरोना सक्रमणको पुष्टी भएपछि सुनसरीमा मानिसहरुको आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको बताए ।
डिएसपि शर्माले भने सडकमा आजबाट सुरक्षाकर्मी र स्वास्थ्कर्मीहरुको बाहेक अन्य सवारी साधनहरु गुड्न रोक लगाईएको छ, औषधी र दुध बिक्री गर्ने बाहेकका सम्पुर्ण पसलहरु समेत बन्द गरि सवै जिल्लावासीहरुलाई घरबाट बाहिर नआउन आग्रह गरिएको छ । यदि आएको भेटियो भने ‘उनीहरुसगँ कुराकानी हुदैंन सिधै क्वारेन्टाइनमा लगेर राख्छौं ।’

सवै नागरिकले कोरोना भाईरसको महामारीबाट बच्ने उपायहरु अपनाउदै घर भित्र बस्न माइकिङ्ग गर्दै आग्रह समेत गरेको छ ।