इटहरीः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको एक मस्जिदमा १२ कोरोना संक्रमित भेटिपछि सिल गरिएको सो गाँउमा स्वास्थ्य परीक्षणका लागि विराटनगरबाट स्वास्थ्यकर्मीहरुको एक टोली त्यसतर्फ प्रस्थान गरेको समाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।
भुल्केमा २ सय ५० भन्दाबढी घर रहेका छन् । समाजिक विकास मन्त्रालयको निर्देशनमा मन्त्रालयको स्वास्थ्य महाशाखाले स्वास्थ्य टोली त्यसतर्फ पठाएको हो । महाशाखाका प्रमुख एव्म प्रवक्ता डा. सुरेश मेहताले टोलीमा कति सदस्य छन् , सो बारे थाहा नभएको तर टोली सिल गरिएको भुल्के गाँउका सबैको स्वास्थ्य परीक्षणका लागि मुभ भईसकेको बताए ।
उनले भने –‘केही बेर अघि टोली हिडिसकेको छ । त्यहाँको अवस्था हेरी कथाले जे माग्छ त्यही अनुसार टोलीले आफ्नो कार्य पुरा गर्छ ।’
भुल्केमा ११ भारतीय र १ नेपाली गरि १२ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि सो क्षेत्रमा सुक्रबार साँझबाटै सुरक्षा व्यवस्था कडा बनाइएको छ । अहिलेपनि सो गाँउबाट कसैलाई बाहिर निस्कन दिइएको छैन् । सो क्षेत्रमा केही भारतीय आएको सूचना त्रियुगा नगरपालिका र उदयपुर प्रशासनले टेष्टका लागि पटक पटक लिखित जानकारी प्रदेश सरकारलाई पठाएका थिए । तर २२ दिनपछि मात्र सुनुवाई गर्दै उनिहरुको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।