सरकार! आउ मेला हेर्न जाउँ

  • बैशाख ६, २०७७
  • १६१ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

सरकार!
यतिबेला देशभरी
सन्त्रासको मेला लागेको छ
आउ तिमी पनि
भोली बिहान सबेरै,
राजधानीको सडकमा
हामी पैदल यात्रा गर्दै
जुम्ला, जाजरकोट जाउँला
तिमी आफ्नो झोलामा
दुई चार पोका आश्वासन बोक
म मेरो झोलामा
दुई चार बोतल आँसु बोकुँला
यात्रामा म जस्तै मजदुर भेटिन सक्छन
तिनका झोलामा पनि होलान्
दुईचार पुरिया टुक्रिएका सपना
दुईचार प्याकेट बाङ्गाटिङ्गा भाग्य
संगै मिलीजुली बाँडेर खाउँला
सरकार! तिमी आत्तिनु पर्दैन
थाकेउ भने
त्यहाँ प्रसस्तै पिठ्युँहरु छन्
आफ्नो भविश्य फालेर
तिम्रो भविश्य बोक्ने
आफ्ना पैतला कुँजो बनाएर
तिम्रा पाउहरु हत्केलाले थाम्ने
आफ्ना तक्दिरहरु बेचेर
तिम्रो अभिमान किनिदिने
आउ सरकार!
भोली बिहान सबेरै
बाटो लागौं
तिमी आफ्ना लागि टेक्न
देशको मेरुदण्ड बोक
म मक्कीएको जीन्दगीको
लौरो बोकौंला
संगै उकालो लागौं बिकट बस्तीतिर ...
                                                                               (२०७७ बैसाख ६ गते)

प्रतिक्रिया दिनुहोस

सर्जकका सृजना भाग १ः ...

इटहरीः आदरणीय पाठक, श्रोता तथा दर्शक मानुभावहरु आजबाट हामीले प्रदेश पोर्टल डटकमको युटुब च्यानल प्रदे ...

पुर्वी पहाडमा गोलिया ...

इलामः पूर्वी पहाडी जिल्लाका किसानको ठूलो आर्थिक हिस्सा धान्दै आएको गोलीया निकासी रोकीए पछि यतिबेला क ...

धरान १७ का ३० वर्षीय ...

धरान:धरानमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । धरान १७ एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका ए ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved