इटहरीः तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका र सुनसरीको हरिनगरा गाँउपालिमा शनिवार गरिएको र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा एक जना युवामा कोरोना पोजेटिभ देखिएको छ ।
मेन्छयायेम गाउँपालिकामा भएको आरडीटी परीक्षणका क्रममा एक युवकमा नतिजा पोजेटिभ देखिएको सो गाँउपालिकाका अहेब किसोर कुमार साहले बताए । पोजेटिभ देखिएका ती युवा र उनका आमा बुबालाई जिल्ला अस्पताल तेह्रथुम थप परिक्षणका लागि पठाइएको साहले बताए ।
उनले आरडीटी रिर्पोटमा पोजेटिभ देखाउन साथ डराउनु पर्ने अवस्था नरहेको बताए । रिर्पोट प्रमाणित नभई शंकाका भरमा यति उति जनालाई कोरोना पोजेटिभ भन्न नमिल्ने उनले बताए । उनले भने भोलि वहाँहरुको थप परीक्षण गरिने छ । त्यसमा पनि पोजेटिभ आए स्वाब परिक्षण गरिने छ । र थप पुष्टिका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइने साहले बताए ।
आरडीटी रिर्पोटमा पोजेटिभ आएका युवा केही समय धनकुटाको एक मरिमराउनमा सहभागी भएर आएको भन्ने सूचना आफुले पाएको उनले बताए । यसअघि शंका गरिएका धेरै जसोको पुनः परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको उनले जनाए ।
यता सुनसरीको हरीनगराका एक जनामा आरडिटी टेष्ट गर्दा रिर्पोट पोजेटिभ देखिएको छ । शनिवार सुनसरीको हरिनगरामा पर्नि यापिड टेस्ट गर्दा एक जना पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।