झापा: झापाका ६२ बर्षीय वृद्धमा कोरोना भाइरस (कोभिड १९) भएको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितका छोरा एक महिना अगाडि मात्र दुबईबाट आएका थिए ।
तर उनी र उनको आमाको रिपोर्ट नेगेटिभ आएको छ । बुवाको भने पोजेटिभ आएको छ । उनी दमको विरामी भएको र दमकबाट अन्य नगएको परिवारका सदस्यले बताएका छन् ।
यससँगै प्रदेश एकमा मात्रै ३० जना थपिए सगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइससेका छन् ।