इटहरीः विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने मानिसको संख्या २ लाख नाघेको छ । आइतवार बिहानसम्मको रेकर्ड अनुसार कोरोनाका कारण मृत्यु हुने नागरिकको संख्या विश्वभर २ लाख ३ हजार २ सय ७२ पुगेको छ ।
सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ । यस्तै कोरोनाको संक्रमणका कारण इटलीमा २६ हजार ३८४, फ्रान्समा २२ हजार ६१४, स्पेनमा २२ हजार ९०२ तथा बेलायतमा २० हजार ३१९ को मृत्यु भइसकेको छ ।
१८ लाख ७८ हजार ३५१ कोरोना संक्रमितको उपचार भइरहेको छ । ५८ हजार १७८ को अवस्था गम्भीर रहको छ भने बाँकी उपचाररतको अवस्था मध्यम रहेको छ ।
नेपालमा भने हालसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४९ जनामा कोरोाना संक्रमण देखिएको छ । जसमध्ये १२ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८७ जना आइसोलेसनमा छन् । १४ हजार ७३१ क्वारेन्टाइनमा छन् ।