इटहरीः अध्ययनकर्ताहरूले भारतमा एउटा नयाँ सर्प फेला पारेका छन्। उज्यालो हरियो भाइपर प्रजातिको सर्पको नाम ’ट्रिमूरसुरस सालाजार’ राखिएको छ। सो नाम विश्वचर्चित काल्पनिक उपन्यास ह्यारी पोटरमा उल्लेख भएको विद्यालयको स्लीथरीन नाम दिइएको सदनको संस्थापकको नामबाट राखिएको हो।

ह्यारी पोटर उपन्यासमा सालाजर स्लीथरीन सर्पको भाषा बुझ्ने र कुरा गर्न सक्ने पात्रका रूपमा कल्पना गरिएको छ।

_111915855_sneks-e1587569885846

नयाँ सर्प
भारतको अरुणाञ्चल प्रदेशमा सो नयाँ सर्प फेला परेको हो। सो प्रदेशमा ग्रीन पीट भाइपर जातका ५० भन्दा बढी प्रजातिका सर्पहरू पाइन्छ, तर त्यहाँ सर्पहरूका बारे धेरै अध्ययन नगरिएको बताइएको छ। सो सर्ष न्याश्नल सेन्टर फर बायोलोजिकल साइन्स अफ बैङ्गलोरको जिसान मिर्जाको नेतृत्वमा रहेको टोलीले पत्ता लगाएको हो। बीबीसी