धरानः लकडाउनको पूर्ण पालना गरौं भन्ने सरकारका माथिल्लो तहका भिआइपीहरु लकडाउन उलघंनका घटनाहरु बढीरहेको छ । पछिल्लो समय वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निर्माण सम्पन्न भएको कोभिड १९ अस्पतालको निरिक्षण र उदयपुरको संक्रमित क्षेत्र भुल्के क्षेत्रको निरिक्षणका क्रममा सरकारी भिआइपीहरुबाटै लकडाउनको उलघंन भएको हो ।
कोरोनाको केन्द्र बिन्दुका रुपमा परिचय बनाएको प्रदेश नम्बर १ का सरकारी भिआइपीहरुको आतिथ्यमा हुने अधिकांश कार्यक्रमहरुमा ठुलो भिड लाग्ने गरेको छ । यस्ता भिडहरुका न त लकडाउनको पूर्ण पालना नै गरिन्छ न त सामान्य सामाजिक दुरीलाई ख्याल नै गरिन्छ ।
अझै मुख्यमन्त्री वा सरकारको उपस्थिती रहने कार्यक्रमहरुमा त झन ठुलो भिड हुने गरेको पाइएको छ । सरकारका प्रतिनिधीहरुको उपस्थिती रहने कार्यक्रममा राजनितिक दलका प्रतिनिधी देखि विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधीहरु समेत के के न गर्ने जत्तिकै गरि भिड गर्न आइपुग्ने गरेका छन् ।
आइतवार धरानको वीपी प्रतिष्ठान त्यसको एउटा गतिलो प्रमाण बन्न पुग्यो । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार भएको कोरानो १९ अस्पतालको उदघाटन तथा हस्तान्तरण कार्यक्रममा सरकारी भिआइपी सहित स्थानीयको भीड हेर्न लायक थियो । शनिवारको उदयपुरको भुल्केमा मुख्यमन्त्री सहभागी कार्यक्रममा पनि यस्तै हालत थियो ।

95082493_2702688559967103_7693405493749874688_n
आइतवार प्रतिष्ठानकै कार्यक्रम रहेकाले त्यसमा पनि मुख्यमन्त्री आउने भएकाले सबै विभागिय प्रमुखहरुको उपस्थिती रहने नै भयो, त्यसैमा अन्य बेला कोरोनाको डरले घरै बस्ने कर्मचारीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।
सरकारले नै २० जना भन्दा बढीको भिड नगर्न आग्रह गरेको छ । दुई चार जना भन्दा बढी भेला भएर बस्न हुँदैन भनेर बारम्बार सरकारले आग्रह गरिरहेको छ । तर तीनै सरकारका भिआइपीहरु त्यसको ख्यालै नगरि अनावश्यक भिडभाड गरिएका कार्यक्रममा वेवास्था गर्दै सहभागी भईरहेका छन् ।
कोरोना महामारीका बेला सामान्य नियममा पनि भेला भएकाहरुले कम्तीमा १ मिटरको दुरी कायम गर्नुपर्ने हुन्छ । तर वीपी प्रतिष्ठान र भुल्केमा कार्यक्रममा सरकारी प्रतिनिधीनै सामाजिक दुरी कायमलाई ख्याल गरेको पाइएन ।
प्रदेश नम्बर १ मै पहिलो पटक १ सय बेडको अस्पतालको निरिक्षण तथा हस्तान्तरण कार्यक्रममा मुख्ममन्त्री शेरधन राई आएका थिए । उनी सँगै सामाजिक विकासमन्त्री जीवन घिमिरे, सभामुख धरानकै भएकाले उनको पनि उपस्थित थियो । साथमा प्रदेश सभा सदस्यहरु, विभिन्न राजनितिकदलका नेताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
अस्पतालको निरिक्षणका क्रममा पनि मुख्यमन्त्री राई सँगै चिकित्सकहरु सहित कर्मचारीहरुको भिड सँगै रहेका थिए । यत्रो भिड गराएर किन कार्यक्रम गरिराखेको भन्दै प्रतिष्ठानकै केही चिकित्सकहरु गुनासो समेत गरे ।
.उपस्थित सचेत वर्ग पनि पत्रकारले फोटो खिचिहाले भाइरल भइन्छ भन्दै आफ्नो बौद्धिकता देखाए पनि घरी घरी भिड अथवा मुख्यमन्त्रीलाई अनुहार देखाउन भिड छिचोल्दै नजिक पुगिरहेका थिए ।
सरकारले घोषणा गरेको लकडाउनको पालनामा सरकारी कर्मचारीहरु नै चुकेका छन् भने भिआइपी आउने कार्यक्रममा हुने भिड नियन्त्रणमा आउन सकेको छैन् । पछिल्लो समय प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । उदयपुरको भुल्के र भोजपुरको हतुवागढीमा कोरोना संक्रमितहरु भ्ेटिएका छन् । तर पनि प्रदेश एकका धेरै स्थानमा भइरहेका सरकारी भिआइपी सहभागी कार्यक्रममा लकडाउनको कुनै पालना नै गर्न सकिरहेका छैनन् । उनिहरुबाटै लकडाउनको ठाडो उलघंन भईरहेको छ ।