विराटनगरः विराटनगरका नौ जना युवाले कोरोना उपचार गरिरहेको कोशी अस्पताललाई संक्रमितलाई खाना दिने रोबोट बनाएर हस्तान्तरण गरेका छन् ।
विराटनगर महानगरपालिकाको सहयोगमा निर्माण गरिएको रोबोट कोशी अस्पतलाकी मेसु डा. संगीता मिश्रालाई आईतवार हस्तान्तरण गरिएको छ ।
महानगर परिसरमा रोबोटको कार्यक्षमता निरीक्षणपश्चात विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रोबोटको रिमोट मेसु मिश्रालाई हस्तान्तरण गरेका हुन ।
यसअघि परीक्षण गर्दा यसमो मोडलमा थपघट गर्नुपर्ने भएकोले युवाले केही बनावटमा परिवर्तन गरेका हुन ।
मेसु मिश्राले कोशी अस्पतालमा उपचारमा रहेका ३० जना कोरोना संक्रमितलाई रोबोटमार्फत अब खाना र आवश्यक सामान पु¥याउन सहज हुने बताइन ।
भनिन्,‘‘अस्पताल कर्मचारीले नै अहिले खाना संक्रमित बसेको कोठाको अगाडिसम्म लग्ने गरिएको थियो अब रोबोटबाट पठाउँछौं ।’’ रोबोटमा क्यामेरा पनि फिट गरिएको छ ।
त्यसले बिरामीको अवस्था हेर्ने र उनीहरु बसेको ठाउँसम्म रिमोटबाट पठाउन सहज हुनेछ ।
विराटनगरका नौ जना युवाको समूहले बनाएको रोबोट कोरोना संक्रमितको उपचारमा निकै सहयोगी हुने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए ।
भने,‘‘संक्रमितलाई आवश्यक सरसामान दिन र खाना पु¥याउन पनि निश्चित दुरी कायम गर्नुपर्ने अवस्थामा युवाहरुबाट भएको यो सहयोग निक्कै ठूलो हो ।’’ पराजुलीले युवाको प्रयासलाई आपूmले सकारात्मक रुपमा सहयोग र हौसला प्रदान गरेको सुनाए ।
दिपेश धिमाल, रिसभ आचार्य, समन निरौला, प्रकाश सुवेदी, विवेक मुखर्जी, अनुभव बसनेत, सन्तोष दाहाल, भाष्कर कर्ण र शिशिर दाहालले पाँच दिन लगाएर रोर्बोट तयार गरेका हुन ।
निर्माणकर्ता रिसभ आचार्यले भने,‘‘यो संक्रमणको समयमा कसरी सहयोग गर्न सकिन्छ भनेर सोचिरहेका थियौं । बाहिरको अवस्था पनि हेरेका थियौं । हामीले कोरोना टेस्ट बुथ पनि बनाएर दिएका थियौं ।’’
महानगरलाई हामीले सेनिटाइज्ड केमिकल्स पनि बनाएर दिएका थियौं ।
रोबोर्टले चारवटा वाइपर मोटर छ । यो अफरोड अर्थात ग्राभेल सडकमा पनि चलाउन सकिन्छ । बीस केजीको तौल बोकेर दोडन सक्छ । डाक्टर र बिरामीको दुरी काम गर्न सहयोग गर्छ । रोबोटमा सेनिटाइज्ड गर्ने मसिनले औषधि पनि छर्कदै गुड्न सक्छ ।
यसमा पुरानो ड्रोनको क्यामेरा अघिल्लो भागमा राखिएको छ । यसले बिरामी बसेको स्थान र उसको गतिविधि खिच्दछ । यसलाई स्क्रिनमा हेर्ने मिल्छ । आचार्यका अनुसार रोबोट बनाउन स्थानीय रुपमा साधन नै प्रयोग गरिएको थियो । हेर्दा यो बक्सा भएको गाडी जस्तो देखिन्छ ।
कोशी अस्पतालकी मेसु डा. संगीता मिश्रले खाना वितरण गर्न कठिनाइ भएको अवस्थामा रोबोट प्राप्त भएपछि सहज हुने र यसको संचालनको लागि अस्पतालका कर्मचारीलाई युवाबाट तुरुन्त सिकाएर कार्यस्थलमा रोबोटलाई संचालन गरिने बताइन । भनिन्,‘‘प्रविधिको प्रयोगले उपचारमा थप सहयोग मिल्नेभयो ।’’
निर्माणकर्ता दिपेश धिमालले रोबोटले बाटो छाड्नुहोस भन्दै आवाज निकाल्दै अगाडि बढ्ने उपकरण पनि जडान गरिएको सुनाए । भने,‘‘हामीले सक्दो मेहनत गरेको रोबोट बनाएका छौं ।’’