इटहरीः देश मात्रै नभएर विश्वका अधिकांश देश यो बेला आक्रन्त छन् । कोरोना भाईरसका कारण २ लाख ३४ हजार बढीले अकालमा ज्यान गुमाइसकेका छन् । धेरै अहिले पनि कोरोना भाइरसका कारण उपचारका लागि अस्पतालको बेडमा होस् या घरमै लडिरहेका छन् । रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल लगायत बिभिन्न सञ्चारमाध्यमबाट कोरोना भाइरसबाट यतिको मृत्यु यतीको उपचार हुदैं भनेको हामीले सुनैकै छौं ।

देशमा यस्तो अबस्था हुदाँ धेरै ब्यक्तिलाई कोरोनाबाट कहाँ के भई रहेको छ रु कस्तो अबस्था छ सम्पुर्ण अबस्था थाहा पाउन त्यति गाह्रो छैन , तर नेपालको केही त्यस्ता ब्यक्ति छन् । न रेडियो सुन्न सक्छन् , न टेलिभिजन हेर्न सक्छन् । टेलिभिजन हेरे पनि उनीहरु के भनि रहेको छ बुझ्दैनन् । ति ब्यक्तिहरु हुन्,श्रवण शक्ति नभएका नागरिक (बहिरा) ।
नेपालमा जम्मा यति नै संङ्ख्या भएको ताजा तथ्यांक नभएपनि करिब शारीरिक अशक्त भएका पुरुष महिला जम्मा १ लाख ८६ हजार ४ सय सन्ताउन्न रहेका छन् । कान नसुन्ने ७९ हजार ३ सय सात त्यस्तै कान नसुन्ने र आखाँ नदेख्ने ९ हजार ४ सय छत्तीस रहेको छ । बोल्न मात्र सक्ने ५८ हजार ८ सय पच्चन्न,छन् । यस्तै बिभिन्न समस्या वा फरक क्षमता भएका ब्यक्ति नेपालमा मात्रै करिब आठ लाख रहेको तथ्यांक छ ।
यि ब्यत्ति मध्ये आधा भन्दा धेरै कान नसुन्ने, नबोल्ने फरक क्षमता भएका ब्यक्ति छन् । उनीहरु साधारण ब्यक्तिहरुले गरेको कुराकानी सुन्दैनन्, बोल्दैनन् । यस कारण अहिलेको यस्तो जटिल अबस्थामा पनि कतिपय फरक क्षमता भएका ब्यक्तिहरुलाई कोरोना भाईरसका बारेमा जनकारी गराउन हिजो अर्थात् बिहिबार भिडियो सामाजिक सञ्जालमा आयो तब धेरै ब्यक्तिले पोष्ट गरे, धेरैले कोरोना भाइरसलाई नजिकबाट नियाल्न पाए ।

जुन भिडियो अहिले सामाजिक सञ्जालमा धेरै ब्यक्तिले पोष्ट र सेयर गरेका छन् । जुन भिडियो राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश १ सिमसत विराटनगरको अनुरोधमा कोभिड १९ बाट बच्ने उपायहरु सहित तयार पारिएको जनचेतनामलक भिडियो हो । यस भिडियोमा आवाज आउँदैन तर कोरोनाबाट कसरी टाढा रहनेः कसरी जोगिनेरु लगायत थुप्रै कुरा समाबेश गरिएको छ ।

जुन भिडियोमा प्रदेश एक बहिरा महासंघका अध्यक्ष सिताराम ओझा, उपाध्यक्ष तुलसा पोखरेल सचिव राजन तिम्सिना,कोषाध्यक्ष जीवन दाहाल त्यस्तै राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघकी केन्द्रिय महासचिव सन्तोषी घिमिरे लगायत अन्य पदाधिकारी तथा सदस्यहरले उक्त भिडियो निर्माण गरेका हुन् । सो भिडियोमा सांकेतिक भाषाबाट कोरोनाको चर्चा, तथा बच्ने उपाय, रोकथाम सम्पुर्ण जानकारी दिएका छन् ।

यो भिडियो कसरी बनाउने सम्बन्धमा तिब्र छलफल भएपछि श्रवण दृष्टिबिहिन संघ प्रदेश एक का सचिव सन्त कुमार तुम्बापोको पहलमा निमार्ण गरिएको हो । यसरी भिडियो बनाउँदा कान नसुन्ने, बोल्न नसक्ने ब्यक्तिहरुलाई कोरोना सम्बन्धी ज्ञान हुने प्रदेश एक बहिरा महासंघका अध्यक्ष ओझाको बुझाई छ ।
केही बर्ष पहिले दोभाषे कुनै कुनै सञ्चारमाध्यममा मात्र प्रयोगमा ल्याइएको थियो तर पछिल्लो समयमा नेपालका अधिकाशं टेलिभिजन तथा सामाजिक सञ्जालमा दोभाषेको प्रयोग हुन थालेपछि आफुहरुलाई बुझ्न सजिलो भएको ओझाको भनाई छ ।

यो भिडियो हेर्नुहोस्