अहिले विश्व नै कोरोना भाइरल डिजिज (कोभिड १९) को महामारीको चपेटामा छ र यसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले जारी गरेको लकडाउनको कारण गत चैत्र महिना देखी नै वालवालिकाको नियमित खोप प्रभावित भइरहेको अवस्थामा इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाको निर्णयानुसार भोली (यहि वैशाख २१ गते ) देखी नियमित खोप कार्यक्रम संचालनमा ल्याउने तयारीमा छौ । सोही अनुसार इटहरी अस्पतालले पनि आफ्नो कार्यक्षेत्रको वडा वडामा स्वास्थ्यकर्मी परिचालन गरी २ वर्ष मुनिका वालवालिकाहरुलाई सम्वन्धित वडाहरुमा नै खोप लगाउने कार्यतालिका तय गरिएको छ । यसैबिषयमा इटहरी अस्पतालका ईमरजेन्सी ईन्चार्ज रामकुमार धमलासंग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः

खोप संचालनको कस्तो कार्य तालिका तयार गरिएको छ ?
अहिले लकडाउन कै अवस्था भएकोले इटहरी अस्पताल सहित इटहरी उपमहानगरपालिका अन्र्तगत संचालित १० वटा स्वास्थ्य संस्थाहरुले समय तालिका र वडागत रुपमा स्थान तोकिएको छ । सम्पर्क स्वास्थ्यकर्मीहरुको नामावली र मोवाईल नम्वर प्रकाशित गरिएको छ । सोही अनुसार स्वास्थ्य संस्थामा मानिसको आवतजावत कम गर्न र भिडभाड हुन नदिन सकेसम्म सम्वन्धित वडाका वालवालिकाहरुलाई सोही वडाहरुमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।
. कुन कुन वडा र कति समय भित्र खोप लगाउन सकिन्छ ?
इटहरीका सवै सरकारी स्वास्थय संस्थामा खोप संचालन हुनेछन् । सवै स्वास्थय संस्थाहरुले आ आफ्नै खोप तालिका प्रकाशन गरिएको छ । औषतमा विहान ११ वजे देखी ३ वजे सम्म समय तोकिएको छ । इटहरी अस्पतालमा भने २५ गते देखी ३० गते सम्म खोप संचालन हुनेछन । इटहरी अस्पतालको कार्यक्षेत्रका वडाका अन्य केन्द्रहरुमा २१ गतेवाट नै खोप सेवा सुरु हुनेछ ।
खोप लाई सुरक्षित रुपमा संचालन कसरी गर्ने ?
खोप केन्द्रमा भिडभाड हुन नदिन र सुरक्षा व्यवस्थाको लागी वडा कार्यलय र इलाका प्रहरीसँग समन्वय गरिएको छ । वालवालिकालाई खोप लगाउन लाइन वस्दा कम्तीमा २ मिटरको भौतिक दुरी कायम गर्न भनिएको छ ।

स्वास्थयकर्मीको सुरक्षा व्यवस्था कसरी मिलार्ईएको छ ?
स्वास्थय सेवा विभागको प्राप्त परिपत्र वमोजिम जारी गरिएको कोभिड १९ को महामारीको समयमा खोप सेवा संचालनको मार्गदर्शन अनुसार सुरक्षा कवज पिपिइको प्रयोग गरी सर्तकता सहित र सुरक्षित तवरवाट खोप संचालन हुनेछ ।

लकडाउनको वेला खोप किन संचालनमा ल्याइएको ?
पहिलो कुरा हरेक बालबालिकाहरु खोपबाट लाभान्वित हुन पाउनु उनीहरुको नैसर्गिक अधिकार हो । नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत निशुल्क ११ वटा रोगहरु विरुद्ध खोप दिईरहेको छ । जस्ले गर्दा वालवालिकाहरुले ती खोप पाईसके पछि भविश्यमा उक्त रोगहरु लाग्दैन । तथ्यगत रुपमा भन्नु पर्दा खोपले करीव एक चौथाई बाल मृत्युदर घटाउन मद्दत गर्दछ । त्यसैले कोभिड १९ एकवटा रोग हो भने लकडाउनको कारण अन्य ११ रोगहरुवाट वालवालिकालाई वचाउन पनि खोप कार्यक्रम संचालनमा ल्याउन आवश्यक ठानिएको हो । फेरी खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकताको अत्यन्त सफल र लागत प्रभावकारी कार्यक्रम पनि भएकोले यो खोप सेवा संचालन गर्न संघीय सरकार ले नै खोप सेवा संचालनमा ल्याउन निर्देशन दिएको हो ।

खोप लगाउन आउने लाई के भन्नु हुन्छ ?

१. वच्चाहरुको खोप कार्ड अनिवार्य रुपमा लिएर आउनु पर्ने छ । सुरुमा ज्वरो स्क्रिनिङ गरिने छ ।
२. स्वास्थ्य संस्थाले जारी गरेको खोप तालिका अनुसार सम्वन्धित वडाका सम्वन्धित खोप केन्द्रमा मात्र खोप लगाइने छ । यदि तपाईको वच्चालाई ज्वरो, खोकी आएको वा गम्भिर स्वास्थय समस्या भएको वच्चालाई खोप लगाइने छैन ।
३. खोप केन्द्रमा वालवालिकालाइ लिएर आउदा सकेसम्म एक जना मात्र अभिभावक आउनु होला ।
४.थप जानकारीको लागी आफ्नै वडाको सरकारी स्वास्थ्य संस्थामा सम्पर्क गर्नु होला । अन्त्यमा लकडाउनलाई पालना गरौ । त्रसिद नवनौ । कोरोनाको रोकथाम र नियन्त्रणको लागी सावधानी अपनाऔ , आफु पनि वचौ । अरुलाई पनि वचाऔ ।