इटहरीः झापा जिल्लाका अलग अलग स्थानमा भएका घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
शनिवार बुद्धशान्ति गाँउपालिका वडा नम्बर १ भोटेटारका ४२ बर्षीय तारा भनिन् पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको छ ।
छिमेकीको घरमा फलामको खन्ती फ्रिजमा अड्काएर राख्ने क्रममा विद्युत सर्ट भई उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
त्यसैगरि सुक्रबार राती झापाकै अर्जुनधारा नगरपालिका १ सातकटेरी टाङटिङं खोलामा आएको बाढीले बगाउँदा स्थानीय दुर्गा बहादुर खपाङ्गीको मृत्यु भएको प्रहरीले बताएको छ ।