इटहरी: नेपालमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु सातै जनाको नेपालजञ्जको भेरी अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको बताएको छ ।
संक्रमण हुने सातै जना नेपालगञ्जका छन् । जसमा २२,३०,४० बर्षका ३ जना पुरुष छन् भने ९,३२,३४,३५ वर्ष उमेरका महिलाहरु छन् । उनीहरुको अबस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।
यो सगैं नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ, भने १६ जना कोरोना संक्रमित भएका ब्यक्ति निको भई घर फर्किसकेका छन् ।