इटहरी: दुर्घटनामा परी ज्यान गुमाएका घर परिवारलाई नगद रकम हस्तान्तरण गरिएको छ ।

प्रदेश नम्बर एकका सांसद लिलम बस्नेतको पहलमा दुर्घटनामा परी मृत्यु भएका परिवारलाई राहत बितरण गरिएको हो । सुनसरी, इटहरी वडा नम्बर १२ स्थित एकै गाउँका ७ परिवारलाई ५० हजारका दरले चेक प्रदान गरिएको सांसद बस्नेतले बताए ।

सासंद बस्नेतले बिहिबार (आज) घरघरमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रदेश एक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रत्येक परिवारलाई ५० हजारका दरले जम्मा ३ लाख पचास हजार नगद रकम  दिएको हो । लकडाउनको बेला दैनिक मजदुरी गरी परिवार धान्दै आएका उक्त सात परिवारलाई सो रकम दिइएको जनाइएको छ । केही महिना अघि भारतमा तिर्थ यात्रा जाने क्रममा सवारी दुर्घटनामा परी सो गाउँका रसिलाल चौधरी, बुधनी थरुनी, फुलसरी देवि थरुनी, गोपाल तामाङ, बीरबहादुर राई, टीकाराम चौधरी, मन्जुदेवि चौधरी को मृत्यु भएको थियो ।