भोजपुर : कोरोनाको महामारी सगैँ भएको लकडाउन पश्चात सहरी क्षेत्रमा बसोबास गर्ने नागरीकलाई खाद्यान्न्नको जोहो गर्न धौ धौ परेको छ । पुर्वी पहाडि जिल्लाहरुबाट विभिन्न कामको शिलशिलामा मुख्य सहर धरान, इटहरी र विराटनगर आएका विपन्न, गरिब, मजदुर तथा विद्यार्थीहरुलाई लकडाउन बढेसगैँ खाद्यान्न संकटको समस्या बढदै गएको पाइन्छ ।
उक्त समस्यालाई मध्यनजर गर्दै भोजपुर घर भई विभिन्न कामको शिलशिलामा धरान, इटहरी र मोरङमा अस्थायी बसोबास गर्दै आएका भोजपुर जिल्लावासीहरुलार्ई शेर्पा कन्स्ट्रक्सनका सञ्चालक फुर्तेम्बा शेर्पाले खाद्यान्न वितरण गर्दै आएका छन् । विभिन्न ठाउँमा राहत वितरण गर्दै आएको कन्स्ट्रक्सनले करिब १५ लाख बराबरको खाद्यान्न खरीद गरी करिब १६१० परिवार लाई घर घरमै गएर खाद्यान्न वितरण गरीसकेको समेत सञ्चालक शेर्पाले बताएका छन् । उनीहरु को डेरामै गएर प्रति परिवार २५ केजी चामल राहत दिएको छ ।

furtemba 3
भोजपुर जिल्लावासीहरुलाई उनीहरु बसेको ठाउँको स्थानीय सरकारले राहत नदिएको, थेरै मात्रामा राहत दिएको लगायत विभिन्न गुनासोहरु आउन थालेपछि प्रभावित क्षेत्रमा आफै खटिएर राहत दिएको उनी बताउछन् ।
राहत वितरणको क्रममा बैशाख ३१ गते धरानका ६५ परिवारलाई शेर्पा आफै घरघरमा गएर राहत दिएका छन् । हिहल्ड भोजपुरका अध्यक्ष शरण राईको उपस्थितीमा उनीहरुलाई राहत दिएको हो । लक डाउनका कारण खाद्यान्न संकटमा परेका उनीहरु राहत पाएपछि खुशी भएका छन् ।
यसअघि शेर्पा कन्स्ट्रक्सनका सञ्चालक शेर्पाले जन्मगाउँ श्यामशिलामा १ सय २० घर, मोरङको विभिन्न ठाउँका ४४ घर, भोजपुर, मोरङका सुनसरीमा बस्दै आएका कुल १ हजार ५ सय ४४ घर परिवारलाई प्रति परिवार २५ केजी चामल, २ केजी नुन, २ लिटर तेल निःशुल्क वितरण गरीसकेका छन् ।

furtemba 2