कोठमाडौं: कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय युवतीको १४दिनका नवजात शिशु सहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
कोठमाडौंको धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, मृत्यु भएकि महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले जानकारी दिए ।
वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै उपचारका लागि धुलिखेल ल्याइएको थियो । गत बिहीबार उनको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।