इटहरी : इटहरी वडा नम्बर २ र ३ लाई शिल गर्ने निणर्य भएको छ ।
आज इटहरी उपमहानगरपालिकामा बसेको सुरक्षा समितिको बैठकले यस्तो निणर्य गरेको हो । साथै नगर क्षेत्रभित्र ५ दिन बन्द गर्ने समेत निर्णय भएको छ ।
हाइवे सडक खण्डमा आवतजावत गर्न दिने तर इटहरी उपमहानगरका २० वटै वडाका भित्रि सडकमा थप सुरक्षा कर्मी थपि कडा निगरानी गर्ने समेत निर्णय भएको इटहरी वडा नम्बर २ का वडा अध्यक्ष हर्क बहादुर मगरले जानकारी दिए । ।
साथै इटहरी बासीलाई घर बाहिर नहिड्न समेत पालिकाले अनुरोध गरेको छ । आज एकै दिन इटहरी २ वडाका १८ वर्षीय युवा तथा भारत र सुनसरीको सिमानामा पर्ने कुसाहका एक सुरक्षाकर्मी र हिजो ( सोमबार) १ जनामा कोरोना संक्रमण देखिएपछि उच्च जोखिम बढेको छ ।

















