झापा: कोरोना भाइरसले यतिबेला विश्वलाई नै त्राहिमाम बनाइरहेको छ । यसको रोकथामको पहिलो र प्रभावकारी विधि सामाजिक दुरी कायम गर्नु र घरैमा बस्नु भएकाले त्यसका लागि लकडाउन भएको २ महिना पुग्न लागेको छ । दुनिया नै ठप्प भएका कारण आर्थिक संकट चुलिने देखिन्छ । हालसम्म नेपालमा कोरोनाका कारण २ जनाले ज्यान गुमाइसकेका छन् भने करिब ४ सय ४४ जनामा संक्रमण  देखिएको छ । यो क्रम बढ्दो छ । यो आलेख तयार पार्दै गर्दा झापामा २७ जनामा संक्रमण देखिएको छ । कचनकवलमा मात्र २५ जनामा संक्रमण पुष्टि भएको छ । यो क्रम बढ्दो छ । कोरोना संक्रमण  तिब्र देखिएको छ । परिक्षणको दायरा बढाउने हो भने यो संख्या तिब्र रुपमा बढ्ने देखिन्छ । झापा लगायत भारतसँग सिमाना जोडिएका जिल्लाहरुलाई खोजिमको सूचीमा राखिएको छ । त्यस मध्ये पनि सिमाना जोडिएका स्थानीय तहहरु बढि जोखिममा रहेका छन् । भारतमा तिब्र रुपमा फैलदै गरेको कोरोना भाइरसका कारण नेपाल उच्च खोजिममा छ । भारतबाट नेपाल आउनेहरुबाट पछिल्लो समय धेरै संक्रमण का केसहरु देखिएका छन् । यसकारण पनि सीमा नाकाहरु बढि जोखिममा हुने गरेका छन्
केहि दिन अधि भारतका सीमामा रहेका नेपालीहरुलाई जेष्ठ ५ गते नेपाल भित्र्याउने निर्णय भएको हल्ला चल्यो । पत्रकारहरुले समाचार लेखे । अलपत्र परेका मानिसहरुमा नेपाल पस्न पाउने आशा पलायो । तर, त्यसको कार्यन्वय हुन सकेन । यो निर्णय हल्लामा सीमित बन्यो । राम्ररी तयारी नगरी गरिएका निर्णयले आम नागरिकमा एक प्रकारको भ्रम सिर्जना गर्यो । यस्तो संकटका बेला सबै कुरा नबुझि क्षणिक लोकप्रियताका लागि निर्णय गर्नु नेतृत्वको हेल्चेक्रायाई हो । यस्तो हेल्चेक्रायाई झापामा निरन्तर बढ्दो छ ।

हेल्चेक्रायाई र जोखिम :
भारतका बिभिन्न स्थानबाट आएकाहरुबाटै पछिल्लो समय बढि संक्रमण भएको पुष्टि भएको छ । झापाको केचनकवलमा पनि यहि भयो । जतिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ति सबै भारतबाट आएका हुन् । भारतबाट आउनेहरुबाट कोरोना भाइरस संक्रमण उच्च हुने जोखिम देख्दा देख्दै केहि दिनदेखि भारततर्फ रहेका नेपालीहरुलाई लुकिछिपी नेपाल प्रवेश गराउन थालिएको छ । मेचीनगरको काँकरभिट्टा नाका नेपाल भारतको ठुलो पैदल नाका हो । नेपालका विभिन्न ठाउँबाट भारत जान र भारतका विभिन्न ठाउँबाट नेपाल आउन यहि नाकाको बढि प्रयोग हुँदै आएको छ । लकडाउन पछि पनि विभिन्न ठाउँबाट भारत जान भनेर काँकरभिट्टा आइपुग्नेको संख्या ठुलो छ । त्यसै गरी भारतका विभिन्न ठाउँबाट पानीटेंकी हुँदै नेपाल प्रवेश गर्ने चाहनेहरुको संख्या पनि उस्तै छ । भारतबाट लुकिछिपी नेपाल प्रवेश रोकिएको छैन । नेपालबाट पनि फाट्टफुट्ट भारत छिरिरहेका छन् । यो एक प्रकारको अनौपचारिक आवतजावत हो । जुन निरन्तर चलिरहेको छ । यसैबीच भारतका विभिन्न ठाउँबाट नेपाल प्रवेश गर्न आएका हज्जारौ नेपालीहरु सीमानाकाबाट लुकिछिपी नेपाल प्रवेश गर्न थालेका छन् । उनीहरु भारतका कोरानो भाइरस संक्रमित स्थानहरुबाट आएका हुन सक्छन् । उनीहरुलाई नेपाल ल्याउन नेपाली पक्ष आतुर देखिन्छ । उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउनु पनि पर्छ । तर तयारी भने केहि गरेको देखिदैन । विना तयारी उनीहरुलाई प्रवेश गराउने हो भने संव्रmमण फैलन सक्छ र भयावहको अवस्था आउन सक्छ । उनीहरुलाई वित्र्याउने वित्तिकै सुरक्षित रुपमा राख्न सीमामा कुनै क्वारेन्टीनको व्यवस्था गरिएको छ्रैन । कसले गर्ने भन्ने पनि टुंगो छैन । लुकिछिपी आउनेहरुलाई पनि क्वारेन्टीनमा राख्नु पर्ने हुन्छ । यस तर्फ गंभीरतापूर्वक ध्यान गएको देखिदैन ।
भद्रपुर, कचनकवल, झापा,गौरीगञ्ज लगायत भारतसँग सीमा जोडिएका स्थानीय तहको अवस्था पनि उस्तै छ । ती नाकाहरुबाट पनि लुकिछिपी आउनेको संख्या उल्लेख्य छ । केहिदिन अघि झापा गाउँ पालिकाको सीमामा रहेका नेपालीहरुलाई गाउँ पालिकाका अध्यक्ष जयनारायण शाहले सीमामै खानेकुराको व्यवस्थापन गरेका थिए । उनीहरुलाई नेपाल प्रवेश गराउन पहल गरिएको उनले बताएका थिए । ल्याएर कहाँ राख्ने भन्ने विषय टुंगिसकेको छैन ।
कचनकलवका अध्यक्ष अञ्जर आलमले आफ्ना नागरिकको सुरक्षाका लागि सबै प्रयास जारी राख्ने बताएका छन् । परिक्षणलाई तिब्र पारिएको र बिहिबारबाट गाउँपालिकालाई सिल गर्ने तयारी भएको उनले बताएका छन् । भद्रपुर र विर्तामोड नगरलाई पनि सिल गर्ने तयारी भइरहेको छ ।
ठुलो सिमा नाका मेचीनगरमा तयारी कमजोर : 
नेपालका विभिन्न ठाउँबाट भारत जान भनेर आउने मानिसको संख्या सिमामा रोकिएको छैन । दैनिक जसो मानिसहरु काँकरभिट्टा नाकामा आइपुग्ने गरेका छन् । यसरी आउने मानिसहरु काँकरभिट्टामा अलपत्र पर्ने गरेका छन् । अन्य नाकाको पनि अवस्था उस्तै छ । भारत जान नपाए पछि नाका मै अलपत्र पर्ने गरेका छन् । यसरी अलपत्र परेकाहरुलाई कसैले हेरचाह गरेको देखिदैन । होटलमा बस्न सजिलो छैन । बाहिर जताततै भौतारिएर हिड्दा संव्रmमणको जोखिम बढ्ने देखिन्छ । यस्ता मानिसहरुलाई एउटा निश्चित समयसम्म स्थानीय सरकारको पहलमा क्वारेन्टीनमा राख्ने व्यवस्था गर्नु पर्ने हो । तर यस्तोे व्यवस्था नेपालकै ठुलो पैदन नाका मेचीनगरले गरेको देखिदैन । जसका कारण मेचीनगरबासी उच्च जोखिममा छन् । नगरपालिकाले यस सम्बन्धमा टाउँको पन्छाउने गरेको छ । लुकिछिपी आउनेहरुलाई प्रहरीले भेटेसम्म प्रक्राउ गरी सम्भव भएसम्म जिल्ला स्थित क्वारेन्टाइनमा पुर्याउने गरेको छ । नेपालका बिभिन्न ठाउँबाट आउनेहरुलाई उतै फर्काउने गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बताएको छ ।
लकडाउनको प्रारम्भिक दिनमा मेचीनगरले केहि स्थानमा क्वारेन्टीन चलाएको थियो । तर यतिबेला ति सबै क्वारेन्टीन बन्द गरिएका छन् । क्वारेन्टीन चलाउनु पर्यो भन्यो भने बजेट छैन भनेर नगरप्रमुख पन्छने गरेका छन् ।
नेपाल भारत दुवै तिरबाट आउने। जानेहरु काँकरभिट्टामा भेटिन्छन् । उनीहरुको आवत जावतलाई व्यवस्थापन गर्न कुनै ठोस कदम चालिएको देखिदैन । नगरको नेतृत्वको ध्यान संक्रमण नियन्त्रण भन्दा पनि पूर्वाधार विकासका ठेका पट्टामा केन्द्रित जस्तो देखिएको छ । जसका कारण कोरोना भाइरसको संक्रमण देखिएमा के गर्ने भन्ने तयारी अभाव भएको स्थानीयहरु बताउछन् । आवत जावत व्यवस्थापन र क्वारेन्टीनका सन्दर्भमा नगरप्रमुख विमल आचार्यसँग कुरा गर्दा उनी यो साध्य नै नहुने बताउछन् । उनी भन्छन्, “कहाँ कहाँबाट को को आउछन्, सबैलाई रोक्न र पाल्न सकिन्न ।”
यो नाकामा मेची भन्सार कार्यालय पनि रहेको छ । भन्सारबाट दैनिक ५० को हाराहारीमा माल वाहक सावारी नेपाल भित्रने गरेका छन् । उनीहरुसँग कम्तिमा दुई जनाका दरले मानिस पनि भित्रिन्छन् । यो जोखिमको एउटा पाटो हो ।
यस्तो संकटका बेला नगरवासीको सुरक्षामा नगरको नेतृत्व संवेदनशील नबेको आरोप लाग्दै आएको छ । नगरपालिकाले सकेको गरेको भन्दै आएको छ ।
नगरकै कर्मचारीहरु सुरक्षित र सन्तुष्ट छैनन् : 
कोरोना भाइरस संक्रमणका बेला फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका सामग्री अभाव भएको गुनासो गर्दै आएका छन् । पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री नभएका कारण जोखिम मोलेर काम गर्नु परेको स्वस्थ्यकर्मीहरुले बताएका छन् । नगरका एक स्वास्थ्कर्मीले भने “स्वास्थ्य शाखामा मार्फत सीमित सामग्री प्राप्त हुन्छ त्यो सबैलाई पुग्दैन ।” यता नगरपालिका भित्र कार्यरत कर्मचारीहरुको अवस्था पनि उस्तै छ । दैनिक सयौंको संख्यामा सेवाग्रहीलाई सेवा प्रवाह गर्ने कर्मचारीहरु पनि स्वास्थ्य सामग्री अभावमै काम गरिरहेका छन् । फिल्डमा खट्ने प्राविधिकहरुको पनि अवस्था उस्तै छ । नगरमा आएको स्वास्थ्य सामग्री प्रमुख र उपप्रमुखले आफुलाई मनपरेकाहरुलाई बोलाई बोलाई दिने गरेको तर स्वास्थ्यकर्मी र कर्मचारीहरुले भने टुलुटुलु हर्नु परेको एक अधिकृतले गुनासो गरेका छन् । मेचीनगर नगरपालिका नेपालका नगरपालिका मध्ये धेरै जनसंख्या र ठुलो बजेट भएको नगरपालिका हो । केहि दिनदेखि योजना सम्झौताका कारण नगरमा भिडभाड बढेको छ । भिडभाड नियन्त्रण र स्वास्थ्य सामग्री उपलब्ध हुन सकेन भने कर्मचारीहरुले काम गर्न नसक्ने अवस्था आएको योजना शाखाले बताएको छ ।
झापामा संक्रमण देखिए पनि मेचीनगरमा हालसम्म संव्रmमण देखिएको छैन । झापामा देखिएको संक्रमणका कारण अन्य स्थानीय तहहरुले आफुलाई कसरी सुरक्षित राख्ने भनेर तयारी तिब्र पारेका छन् । मेचीनगरमा देखियो भने के गर्ने भन्ने विषयमा गंभीरतापूर्वक छलफल हुन नसकेको जनप्रतिनिधि नै बताउछन् । भारतका पानीटेंकीमा रहेका नेपालीहरुलाई लुकाई छिपाई भित्र्याउने क्रम सुरु भएको छ । यो संगै कोरोना भाइरस पनि भित्रने खतरा बढेको छ । बेलैमा सचेत नबन्ने हो भने यो नियन्त्रण बाहिर जान सक्छ ।