लहानः सिरहाको देसवपुरमा राहत वितरणको विषयमा हिजो झडप हुँदा गाँउपालिकाका उपाध्यक्षका छोराले गोली चलाएका छन् । उनले चलाएको गोली लागि स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएको स्थानीयले बताएका छन् । मण्डलकाको दाहिने कञ्चटमा गोली लागेको र झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सिरहा जिल्लाको नरहा गाउँपालिका १ देविपुरमा राहत विषयमा भएको झडपमा गोली चलेको हो ।गाउँपालिकाकी उपाध्यक्ष गुलाब देवी चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली चलाएको स्थानीयले बताएका छन् ।
गोली लागि ढलेका मण्डललाई एम्बुलेन्समा हालेर तत्कालै जिल्ला अस्पताल सिरहा लगिएको थियो । उनको सो अस्पतालमा उपचार हुन नसकेपछि विराटनगर ल्याइएको छ । उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जनालाई पनि उपचारका लागि विराटनगर नै ल्याइएको छ ।
झडपमा परी महिला र पुरुष गरी करिब २० जना जति घाइते भएका छन् । सो झडपमा नेपाली कांग्रेसका १२ जना तथा नेकपाका ७ जना कार्यकर्ता पनि घाइते भएका छन् । उनीहरु को जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।
नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए । राहत वितरणमा पार्टी हेरिएको भन्दै राहतबाट बञ्चित भएका गाँउपालिकाबासीहरुले यो महामारीको अवस्थामा पार्टी हेर्न नहुने भन्दै आफुहरुलाई राहत दिनबाट बञ्चित गराएको बिषयमा वडाअध्यसंग जवाफ मागेपछि विवादले उग्र रुपलिई दुई पक्षबीच झडप भएको थियो ।

bhidanta
सोही क्रममा उपाध्यक्षका छोरा अरविन्दले गोली चलाइएको बताइएका छन् । उपाध्यक्ष चौधरी र वडाध्यक्ष साह तत्कालिन एमालेबाट निर्वाचित भएका हुन् । दुई पक्षीय झडपमा केही व्यक्ति घाइते भएपनि गोली चलेको वा नचलेको बारे पुष्टि हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले जानकारी दिए । सो स्थानमा गोलीको खबर चाँही आएको तर पुष्टि हुन बाँकी रहेको उनले बताए । उनले घटनाबारे प्रहरीले गम्भिरढंगबाट अनुसन्धान थालिसकेको बताए । अनुसन्धानपछि जो कोही भएपनि पक्राउ गरि कानून अनुसार कार्वाही प्रकृया अगाडी बढाउने बताए । तस्विरः नागरिकबहसबाट