बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका ३ नम्बर वार्ड कार्यलयको बिषयलाई स्थानीयले कही नभएको जात्रा हाडीगाँउमा को उपमा दिन थालेका छन् । शुक्रबार वडा अध्यक्ष रुद्र दाहालले अन्य प्रयोजनको लागि भन्दै मुसहरी टोलमा एक भवनको शिलान्यास गरेका छन् । सो स्थानमा यसअघि नगरपालिकाले वडा कार्यलय बनाउन भनी ठेक्का लगाइसकेको छ।
वडा अध्यक्ष दाहालले भने अनुसार के बनाउने भनी पक्का नभईसकेको भएता पनि विशेष प्रयोजनका लागि आज मुसहरी टोलमा भवन शिलान्यास गरिएको हो । यद्यपि वडा कार्यलय भवन भने नडाहामै हुने निश्चित रहेको उनको भनाइ छ ।
तर आज भएको भवन शिलान्यासको बिषयमा आफुलाई केही थाहा नभएको नगरप्रमुख निलम खनालले बताएका छन। सर्बसहमतिमा अन्य प्रयोजनका लागि भन्दै आज मुसहरी टोलमा भवन शिलान्यास भएको बिषयमा के भन्नू हुन्छ भनी नगरप्रमुख खनाल लाई सोध्दा उनले भने “मलाई यो बिषयमा केही थाहा छैन, जहाँसम्म वडा कार्यलय मुसहरी टोल या नडाहामा कहाँ बन्छ भन्ने कुरा छ त्यो भबिष्यमा थाहा होला ।’’
तर अध्यक्ष दाहालले भने नगरप्रमुखसंग सल्लाह, समन्वय, सहमतिकै आधारमा काम गरिएको बताएका छन् । केहि हप्ता अघि मात्रै नडाहामा वडा कार्यलयको शिलान्यास गरि सोही स्थानमा वडा कार्यलय बनाउन तर्फ यतिबेला वडा अध्यक्ष रुद्र दाहाल कम्मर कसेर लागि परिरहेका छन।
नगरले ठेक्का लगाएको कार्यालय विभिन्न कारणले अलपत्र परेको हुनाले यसलाई अन्य प्रयोजनमा राख्नको लागि भवन बनाइन लागेको उनको भनाइ छ।