इटहरीः काठमाण्डौं, चितवन, बारा, कपिलबस्तु, रुपन्देही र सर्लाहीमा ३२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ५४८ पुगेको छ  । काठमाण्डौंमा एक जना, कपिलबस्तुमा ८ जना, सर्लाहीमा १३ जना, बारामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरि रुपन्देहीमा ८ जना र चितवनमा एक जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित ३२ मध्ये दुई महिला र बाँकी ३० जना पुरुष रहेको मन्त्रालयले बताएको छ । संक्रमित ३० पुरुषहरु १७ देखि ५५ उमेरका छन् । महिलाको उमेर २७ र ३७ बर्ष रहेको पनि मन्त्रालयले जनाएको छ । सबैको स्वास्थ्य अवस्थामा सामान्य नै रहेको मन्त्रालयको भनाई छ ।