धनकुटाः धनकुटा सदरमुकाममा स्वास्थ्यकर्मी सहित अन्यमा कोरोना संक्रमण देखिपछि जिल्लाकै चौबिसे गाउँपालिकाले ५ दिनसम्म लगाएको सिल थप ५ दिन बढाएको छ ।
धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सक्रमण देखिएपछि सो गाँउपालिकाले जेठ ५ देखि ९ गतेसम्म गरिएको सिललाई बढाएर जेठ १४ सम्म पुर्याइएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताएका छन् ।
धनकुटा सदरमुकाममा संक्रमित फेला परेपछि गाउँपालिकामा पनि जोखिम हुन सक्ने भएकाले सिल गरिएको अध्यक्ष राईले बताए। कोरोना भाइरस नियन्त्रणका लागि गठन गरिएको विपत व्यवस्थापन समितिको बैठकले गाउँपालिकामा एम्बुलेन्सबाहेकका सबै सवारीसाधन आवतजावत र अत्यावश्यक सामानका पसल पनि जेठ १४ सम्मलाई बन्द गरिएको राईले जनाए ।
यसअघि धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको भए पनि शुक्रबारदेखि खुला गरिएको छ। धनकुटामा हालसम्म चारजना स्वास्थ्यकर्मी, दुईजना सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवार गरी सातजनामा कोरोना संक्रमण देखिएको छ। उनीहरुको कोशी अस्पताल विराटनगरको कोभिड १९ अस्पतालमा उपचार भइरहेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।

chaubise_p18IyejTp9