धरानः रुकुम पश्चिममा नवराज वि क सहित अन्य ६ जनाको हत्या काण्डमा संलग्नलाई हदै सम्मको कार्वाहीको माग गर्दै धरानमा शान्तीपुर्ण प्रर्दशन भएको छ ।
धरानकाा विभन्नि दलित तथा गैर दलित सामाजिक संघसंस्था, राजनितिकर्मी लगायतको उपस्थिति भएको थियो । प्रर्दशन शान्तीपथ, छाताचोक हुँदै भानुचोक आएर कोणसभामा परिणत भएको थियो ।
प्रर्दशनमा दर्जन बढि सामाजिक संघसंस्थाको प्रतिनिधित्व थियो भने सयौँ सहभागिता रहेको थियो । कोण सभामा सम्बोधन गर्दै दलित अधिकारकर्मी तथा नेकपाका नेता डिवि शंकरले कानुत जातीय भेदभाव छुवाछुत अपराध हो भनि बनाइयो तर व्यवहारमा आभास नभएको वताए ।
दलित संघका केन्द्रिय सदस्य गोविन्द दर्नालले पनि दलित विभिन्न आन्दोलनमा त्याग गरेको तर दलितलाई अझै मुक्ति नभएको भन्दै रुकुम घट्ना दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छन ।
समाजसेवी गंगा कालिकोटेले यो घट्नाका दोषीलाई हदै सम्मको कार्वाही नगरे थप आन्दोलित हुने वताएका छन । कार्यक्रम दलित विकासका सदस्य सचिव तारा लामगादेले गरेका थिए । प्रर्दशनमा धेरैजसो युवा ंपंक्तिको उपस्थित रहेकको थियो । उनिहरुले हत्यामा संलग्नलाई हदै सम्मको कानुनी कार्वाही र पिडितलाई न्याय नदिलाए जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने वताएका छन । साथै उनीहरुले मृतकलाई सहिद घोषणा गर्न र क्षतिपूर्ति दिन पनि माग गरेका छन।
गत १० गते जाजरकोटको भेरी नगरपालिकाका युवा नवराज विक आफ्ना साथीहरुसहित प्रेमिका लिन रुकुम पश्चिम चौरजहारी जादा गाउँलेले खेदाएर कुटपिट गर्दै हत्या गरेको र भेरी नदीमा फालेको बताइएको छ । ज्यान बचाउन भेरीमा पनि केही युवाहरु हाम्फाल्दा ज्यान गुमाएका थिए । अहिलेसम्म ४ जनाको शव फेला परिसकेको छ । कथित माथिल्लो जातकी प्रेमिका भएकोले नवराजको हत्या भएको आरोप छ । यो घटनाको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय ५ सदस्यीय समिति गठन गरिसकेको छ भने डेढ दर्जन बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी आज नै विभिन्न संघसंसस्थाहरुले दोषीलाई कडा कारबाही गर्न र मृतकलाई सहिद घोषणा, क्षतिपूर्तिको माग गर्दै गृहमन्त्रालयमा पनि ज्ञापन पत्र पठाएका छन् । उनीहरुले इलाका प्रशासन कार्यालय धरानमार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए । इलाका प्रशासन कार्यालयको प्रमुख चन्द्रबहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै कार्कीले १० मिनेट भित्र गृहमन्त्रालयमा ज्ञापन पत्र पठाउने बताउदै छानबिन समिति गठन भइसकेकोले यथार्थ बाहिर चाडै आएर दोषीलाई कारबाही हुने विश्वास व्यक्त गरेका थिए ।