इटहरीः लकडाउनमा अस्पतालहरुमा रगतको अभाव भईरहेका बेला मोरङको सुन्दरहरैंचा ३ गछियामा शनिवार रक्तदान कार्यक्रम भएको छ ।
शनिवार भएको रक्तदानमा ७७ जनाले रगतदान गरेको गछिया जेसिसले जनाएको छ । रक्तदान गछिया जेसिस, लायन्स क्लब अफ सुन्दरदुलारी, सुन्दरदुलारी उद्योग वाणिज्य संघ र स्वास्थ्य चौकी दुलारीको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो । सो कार्यक्रममा वडा नम्बर ३ र ७ ले पनि आवश्यक सहयोग गरेको थियो ।
रक्तदान कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको नेपाल रेडक्रस सोसाइटी रक्त सेवा सञ्चारका प्राविधिकहरुको सहयोग रहेको थियो ।