इटहरीः लाखौं खर्चेर निमार्ण गरेको क्वारेन्टाइनमा करिब ६० जना महिला र पुरुषले ४ वटा धारामा नुहाउँछन्, त्यो पनि कोही खुल्ला ठाउँमा कोही भने बाथरुममा, त्यतिमात्रै हैन सीसी क्यामेरा जडान गरेको खुल्ला धारामा नुहाउँदा कस्तो हुन्छ, आफैं सोच्नुस् । नुहाउनका लागि बाथरुम छैन् । शौचालय जादाँ पानी जाम हुदाँ फोहोरले दुर्गन्ध भईरहेको छ । राती सुत्दा कोठाको बत्ति निभाउन पाईदैन । कोठामा पुराना ब्यक्ति घर गएपछि नयाँ आउने ब्यक्तिहरुका लागि न सेनिटाइजर वेडमा र्छकिन्छ । यति लेखिरहँदा तपाईलाई लाग्यो होला, कुन बिकट जिल्लाको क्वारेन्टाइनको यस्तो बिजोक ? तर क्वारेन्टाइनको यस्तो विजोग अन्त कतै नभएर पुर्वको सुविधा सम्पन्न शहर इटहरी स्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाइनको हो ।
पुर्वाधारका हिसाबले इटहरीको जनता क्याम्पस सुविधा सम्पन्न रहेपनि अहिले कोरोना संक्रमण आशंका गरिएका र संक्रमित क्षेत्रबाट आएकाहरुलाई राख्नका लागि क्वारेन्टाइन निमार्ण गरिए पनि त्यहाँको ब्यबस्थापन फितलो भएकाले त्यहा बसिरहेकाहरुले यतिबेला सास्ती पाएको बताएका छन् । सो क्वारेन्टाइनमा हाल करिब ६० जना बसेका छन् । उनिहरु १२ वटा कोठामा बसिरहेका छन् ।

janata-2 3

फोहोरको जाम

 


नियम अनुसार महिला पुरुषले आफ्ना आफ्ना धारा र शौचालय प्रयोग गर्न पाउनु पर्ने हो । त्यो पनि क्याम्पसमा ४ ठाउँमा बाथरुम भनिएपनि पहिलो तलामा बस्ने नयाँ ब्यक्तिले त क्यान्टिनको छेउमा रहेको टुवेलमा महिला पुरुषले नै नुहाउने गरेका छन् ।
क्वारेन्टाइनमा रहेका एक ब्यक्तिले नाम नबताउने शर्तमा भने नुहाउने धारामा सीसी क्यामेरा जडान गरिएकाले पुरुषलाई त असहज भएपनि जेनतेन नुहाउँछन् । तर महिलालाई भने अत्यान्तै पिडा भएको उनले गुनासो गरे । ती पुरुष र उनीकी श्रीमति केही दिन अगाडी अछाम जिल्लाबाट इटहरी घर आएका थिए । उनीहरु घरमा नबसी इटहरी उपमहानगरपालिकाले निमार्ण गरेको क्वारेन्टाइनमा गत आइतबार सुरक्षाका लागि दुई हप्ताका लागि बस्न गएका हुन् । तर त्यहाँ भित्रको भद्रगोल देख्दा घरमै बसेको भएपनि हुने थियो भन्ने लागेको छ उनलाई यतिबेला । तर सरकारले गरेको आग्रह र आफ्नै सुरक्षाका लागि भएपनि उनीहरु दुवै दम्पती सो क्वारेन्टाइनमा बसीरहेका छन् । उनीहरु एक कोठामा ४ जना बसोबास गर्दै आएका छन् । तर एक तलामा करिब २० जना छन् । कतिपय तलामा भएका शौचालय कहिले जाम हुने, जाम भए आफैंले सफा गर्नु पर्ने, सफा गर्नलाई पटकपटक भन्दा पनि हार्पिक नल्याइदिएको क्वारेन्टाइनमा बसोबास गर्ने ब्यक्तिहरुले दुखेसो गरे ।

janata-4 2

क्वारेन्टाइनमा तीन घेरामा बसेर सुरक्षा कर्मीले उनीहरुलाई सुरक्षा दिइरहेको छन् । तर त्यहाँको रेखदेख गर्ने ब्यक्तिले रातीको बत्ती निभाउन समेत नदिने गरेको उनको भनाई छ । उनीहरु दुई दम्पतीहरु त्यस क्वारेन्टाइनका एक उदाहरण पात्र मात्रै हुन् । उनीहरु जस्तै सो स्थानमा कोरोना भाईरस संक्रमणबाट जोगिन विभिन्न छिमेकी देश तथा विभिन्न जिल्लाबाट आएका हरेक ब्यक्तिले सास्ती भोग्दै आएका छन् । क्वारेन्टाइन ब्यबस्थापनको जिम्मा पाएका ब्यक्तिहरुमाझ आफुँहरुको गुनासो राख्दा मेयर, उपमेयरलाई भन्नु भन्दै पन्छिने गरेको उनिहरुले बताए ।
नेपाल सरकारले क्वारेन्टाइनको मापदण्डको आधारमा निमार्ण गर्न भनिएपनि त्यसको पालना नगरि क्वारेन्टाइन बनाउँदा बस्नेहरुले सास्ती खेप्नु परिरहेको हो ।
यस्तो छ सरकारले बनाएको क्वाारेन्टाइनको मापदण्ड
१० सुरक्षाको राम्रो प्रबन्ध हुनुपर्ने
२० नुहाउन तथा कपडा धुनका लागि पानी
३० बालबालिकाm ज्येष्ठ नागरिक, गर्भवती, तथा दीर्घरोगीहरुलाई आबश्यकता अनुसार खानाको ब्यबस्था
४० स्वास्थ्य खाना,शुद्ध पिउने पानीको ब्यबस्था
५० ब्यक्तिगत सरसफाइ किट, डस्टबिन
६० सरसफाइ कर्मचारी ६ जना
७० एम्बुलेन्स २४ सैं घण्टा, एक चालक
८० सञ्चार स्वास्थ्य, सडक र पानीको राम्रो ब्यबस्था हुनुपर्ने
९० ओड्ने ओछ्याउने, आबश्यकता अनुसार झुल सहितको खाट
१०० नियमित सरसफाइ हुनुपर्ने
११० सय जनाका लागि क्वारेन्टाइन सुपरिवेक्षणकाअ लागि एमपीएच,एमडी गरेको चिकित्सक एकजना
१२० मेडिकल अधिकृत एक जना
१३० स्वास्थ्य परिचारिका एक जना
१४० प्यारोमेडिक एक जना
१५० फर्मासिस्ट एक जना
मापदण्ड यस्ता भएपनि यो न्युनतम पालना नै नगरेको पाइएको छ ।
इटहरी उमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले क्वारेन्टाइनमा बस्नेहरुले आरोप मात्रै लगाएको बताइन् । क्वारेन्टाइनमा हुने सुबिधा पालिकाले उपलब्ध गराएको उनले दावी गरिन् । उनले सारा जनशक्ति लगाएर दुःखका साथ मापदण्ड अनुसार नै क्वारेन्टाइन बनाएको बताइन् । उनले उपमहानगरले क्वारेन्टाइनको व्यवस्थापन देखि लिएर सुरक्षाका लागि कुनै पनि कसर बाँकी नराखेको दावी गरिन् ।
प्रत्येक कोठामा ७ जना अट्ने खाट निमार्ण गरिएको उनको भनाई छ । महिला पुरुष छुट्टाछुट्टै बाथरुम शौचालय प्रयोग गर्ने ब्यबस्थापन गरेको उपमेयर गौतमले जानकारी दिइन् । ३३ वटा सिसि क्यामेरा फिट गरी थप सुरक्षा अपनाइएको उनको भनाई छ । राती बत्ती बाल्ने निभाउने बिषयमा आफुँलाई कुनै जानकारी नभएको तर सुरक्षाका हिसाबले त्यसमाथि पनि पछिल्लो देशका केही घटनाले सुरक्षा कर्मीहरुले बत्ती निभाउन नदिएको हो की भन्ने आफुले बुझेको उनले बताइन् ।

janata 3
बाहिरी धारामा हात खुट्टा धुदैंं क्वारेन्टाइनमा बस्ने एक ब्यक्ति