- कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाधान्नबाट सर्दैन ।
- संक्रमितसंग ५ - १० मिनेट कुरा गर्दा सर्दैन ।
- घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ ५ घट्छ । केहि भाइरस मास्कबाट छिर्दैमा संक्रमण गराउन सक्ने भाइरल लोड पुग्दैन ।
- N95 मास्क लगायत महँगो मास्क प्रयोग गर्नु जरुरी हुँदैन । सामान्य सर्जिकल मास्क तथा २ पत्रे कटनको मास्कलाई घाममा राखेर वा धोएर पनि प्रयोग गर्न सकिन्छ ्र अमेरिका लगायत बिकसित देशमा पनि यो प्रचलन कायम छ ।
- आफ्नो पावरको वा पावर आबश्यक नभए सस्तो ब्राण्डको चस्मा लगाउनु सुरक्षित हुन्छ । त्यस्तै डिस्पोजेबल वा धुन मिल्ने पंजा लगाउँदा पनि सुरक्षित भइन्छ ।
-संक्रमित व्यक्तिले संक्रमण भएको ११ दिनपछि टेस्टमा पोजिटिभ देखिएपनि सामान्यतया अरुलाई रोग सर्दैन ।
- घर, कार्यालय तथा अन्य कार्यस्थलमा पर्याप्त उज्यालो र हावा छिर्ने बातावरण भएमा कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ ।
- लामखुट्टे, झिंगा आदिबाट कोरोना संक्रमण सर्दैन ।
-जेष्ठ नागरिक तथा अनियन्त्रित दीर्घरोगभएका व्यक्ति बाहेक अरुलाई कोरोना संक्रमण भएपनि डराउनु पर्दैन । २ हप्ता घरमै आराम गर्ने, पोषिलो खाना खाने, हल्का व्यायाम गर्ने तथा तनाब ब्यबस्थापन गर्ने हो भने ९० ५ संक्रमितलाई आफै निको हुन्छ ।
- रुघाखोकी लाग्दा कोरोना संक्रमण भयो कि भनेर डराउनु पर्दैन ।
-नेपालमा देखिएको कोरोना संक्रमण ८५ ५ भारतबाट आएकोमा देखिएको छ । त्यो समुहलाई सीमामा होल्डिंग गरेर क्वारेन्टाइन, स्याहार,परिक्षण, संक्रमितलाई आइसोलेसन र संक्रमण नभएकालाई आफ्नो थातथलोमा पठाउने हो भने डरलाग्दो अवस्था आउंदैन ।
- नेपालमा सबैभन्दा सुरक्षित ठाउँ पहाडी तथा हिमाली जिल्लाका गाउँ हुन् ।
- गुर्जो, तुलसी, बेसार, ज्वानो, अदुवा, अश्वगन्धा, मरिच, चिराइतो, नीम, अमला लगायतका जडिबुटीले रोगसँग लड्ने क्षमता बढाउँछन् । कोरोना संक्रमणको उपचारमा यी जडिबुटीको सफल भूमिका धेरै देशमा देखिएको छ ।
- नेपालमा भएका अधिकांश मृत्यु कोरोनाले मात्र भएको हैन । परीक्षणमा कोरोना पनि देखिएको हो ।
- नेपालमा हालसम्म सक्रमितमध्ये ९०५ जोखिम बर्गमा पर्दैनन् । तसर्थ मृत्युदर हामीले सोंचेभन्दा कम हुन्छ ।
-कोरोना अन्तराष्ट्रिय ब्राण्ड भएकोले ठूलो प्रचारमा आएको हो । प्रचारमा आए अनुसार यो घातक छैन । विश्वभर यो ५ महिनामा भएको मृत्युलाई अघिल्लो बर्षको यहि समयमा भएको मृत्युलाई तुलना गर्ने हो भने त्यति ठूलो फरक छैन ।
-मन भनेको शरीरको ड्राइभर हो । मन बलियो भयो भने हामी दुर्घटनामा पर्दैनौं । मन कमजोर भयो भने टल्किने गाडी भएपनि तथा सुन्दर सडक भएपनि दुर्घटना हुन्छ । रोगसँग लड्न सक्छु भन्ने आत्मबल हामी सबैको हुनु जरुरी छ ।
- हामी आत्मा अनुशाशनमा बस्यौं भने, उच्च मनोबल राख्यौं भने तथा सकारात्मक सोंच राख्यौं भने संक्रमण भएपनि हामीलाई खतरा हुँदैन ।
-अन्य देश र हाम्रो देशको धरातलीय यथार्थता फरक छ, खानपान फरक छ, जीवनशैली फरक छ, जनघनत्व फरक छ । तसर्थ अन्य देशको अवस्था हेरेर डर मान्नुपर्दैन ।
- रोजगारी, लगानी लगायत ब्यबसायको कारण धेरै व्यक्तिमा चिन्ता देखिएको छ । कोरोना संक्रमणको जगजगी लामो समय रहदैन । त्यसपछि हाम्रो मेहेनतले जीवन अझै राम्रो हुनेछ ।
-हामीले आफुलाई समय अनुसार परिवर्तन गर्नुपर्दछ, हाम्रा ब्यबसाय परिवर्तन गर्नुपर्दछ । घाटा लाग्ने अवस्थामा कम घाटा खाने योजना बनाउनु पर्दछ । महामारीमा जीवन यापन गर्नको लागि हामीसंग धेरै बिकल्प छन्, त्यसलाई चिन्न सक्नुपर्दछ ।
-परिक्षणको दायरा बढेसंगै संक्रमितको पहिचान हुनेछ । संक्रमितको पहिचान हुनु, संक्रमितलाई स्वस्थ व्यक्तिसंग मिसिन नदिनु सकारात्मक बिषय हो । यसले रोग नियन्त्रणमा ठूलो सहयोग गर्दछ ।
-मन, प्रकृति र चेतनालाई ध्यानमार्फत एकाकार गरेर मनलाई शान्त गराउने, स्वाश्प्रश्वासको अभ्यास गर्ने, मनोरंजन गर्ने, खाली दिमाग नबस्ने, व्यायाम गर्ने, राति ८ घण्टा सुत्ने र सत्यको बाटोमा हिंड्ने गर्यौं भने जीवन सुखमय हुन्छ ।
लेखक जनस्वास्थ्य विज्ञ हुन् ।