इटहरीः दुहवी इनरुवा सडक खण्डमा पर्ने पुल निमार्णको जिम्मा पाएको कम्पनी नाइस कन्सल्टेन्सिले पुल निमार्णमा चरम लापरवाही गरिरहेको पाइएको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण जोखिम बढीरहेको छ । गत फागुन महिना बाट सुरु भएको पुल ७७ असार मसान्त सम्म सक्नु पर्ने हो । ठेक्का पाएका कम्पनीका ठेकेदार सिरहा का रसिद रैन ले निमार्ण स्थलमा कुनै पनि सावधानी पूर्ण काम नगर्दा दुर्घटना सहितका जोखिम बढेको स्थानीय पशुपति शाहले बताए । निमार्ण सुरु भएकै दिनबाट सो क्षेत्रमा जोखिम बढेको हुँदा पनि ठेकेदारले कुनै चासो नदेखाएको उनले बताए ।

निमार्ण स्थलमा ठेकेदारले कुनै लागत सहितको बोर्ड र कुनै वारी पारी सावधानी चिन्न समेत राखेनन् । यसैको कारण सो स्थानमा ३ वटा दुर्घटना भइसकेको छ । गत एक साताको अवधिमा २ वटा मोटरसाईक दुर्घटना हुदा २ युवा गम्भीर घाइते भए । उनीहरुको अहिले नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । जेठ ९ गते सिद्धान्त यादव(२८) र जेठ १७ मा हेमन्त कुमार मण्डल(२४) घाइते भए । ति मध्ये हेमन्तको खुट्टा भाचिएको छ । भने शरिरका अन्य भागमा समेत गहिरो चोट लागेको श्याम देव मण्डलले बताए । निमार्ण गर्दा धेरै लापरवाही भएको हुँदा दुर्घटना भएको उनले बताए । नजिकै रहेका मान्छेहरुलाई निमार्ण स्थलको बारेमा थाहा हुने अरुलाई हुँदैन ।

निमार्ण स्थलमा सुरुमा ड्राइभर्सन समेत निमार्ण नगर्दा पटक पटक दुर्घटना हुने सवारी फस्ने समस्य भएको उनको भनाई छ । बिकास गर्ने नाममा आफ्नै घर अगाडी जोखिम बढेको अर्का स्थानीय अनिल कुमार चौधरीले बताए । सडक निमार्णमा ठेकेदार र इन्जिनियर को लापरवाहीको कारण कति बेला मान्छेको दुर्घटना भएर मृत्यु हुने हो कुनै ठेगान नभएको बताए ।

यस बिषयमा ठेकेदारले कुनै सावधानी को लागि चासो न देखाउँदा समस्या भएको बताए । ठेकेदार ले कुनै पनि साइन बोर्ड समेत नराखि काम सुरु गर्नु अनि दुर्घटना भएपछि बास राखेर काम गरे जस्तो देखाउनु चरम लापरवाही भएको बताए । दुर्घटनामा घाइते भएकाको क्षति ठेकेदारले जिम्मा लिनु पर्ने उनको भनाइ छ । उता सडक डिभिजनका इन्जिनियर नितेस झा ले ठेकेदार र डिभिजनको बचाउँ गरे । सडकको ठूलो योजना नभएको र लकडाउनको कारण काम गर्न नपाएको भन्दै अफिसमा सबै बिबरण हुँने बताए । उनले सुरुमा राखिएको साइन बोर्ड का फोटोहरु आफुले देखाउने भन्दै धेरै तिर काम भइरहेको हुँदा कति पय बन्ने क्रममा रहेको बताए । राखिएका बोर्डहरु सधै आएका हावा हुरीको कारण उडाएको हुन सक्ने भन्दै बचाउँ गरे ।