इटहरीः लकडाउनका कारण प्रदेश नम्बर १ का बिभिन्न अस्पतालहरुमा रगतको अभाव भईरहेका बेला इटहरीमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
इटहरी उपमहानगरपालिकाको प्रागंणमा भएको रक्तदान कार्यक्रममा ८७ जनाले रगत दान गरेको आयोजक संस्था मध्येको एकिकृत कल्याण फाउन्डेशन नेपाल अध्यक्ष श्याम घिमिरेले बताए । सो कार्यक्रम एकिकृत कल्याण फाउन्डेशन नेपाल, एकजुट युवा क्लब र योंग ब्रोर्दश क्लबको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सभापति राजिव ढुंगानाले प्रमुख अतिथिका रुपमा सहभागी भई रगत दान गरेका थिए । सो रगत दान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोग गरेको थियो । सो रक्तदान कार्यक्रम सम्पन्न गर्न अस्टे«लिया निवासी कर्मा लामाले १० हजार आर्थिक सहयोग गरेको एकिकृत कल्याण फाउन्डेशन नेपाल अध्यक्ष घिमिरेले बताए ।