धरानः नेपालमामा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि कानुन बने पनि सोच, विचार र धारणमा परिवर्तन नआएकाले कार्यन्वयन भइ नरहेको प्रदेश नंं १ की सांसद उमिता बराइलीले वताएकी छन ।
पिस मिडिया ग्रुपको आयोजना, नेपाल दलित पत्राकार संघ सुनसरी शाखाको संयोजनमा भएको दलित मुद्धामा खोजपत्राकारिता विषयक अन्र्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रदेश सांसद बराईलीले जातीय भेदभाव तथा छुवाछुतको मुद्धा राज्यको हो नभनि दलित समुदायको मात्रै मुद्धा हो जस्तो गरि गम्भिर तरिकाले नलिई ढाकछोप गर्न तिर लाग्ने गरेको आरोप समेत लगाइन् । जसका कारण आज पनि जातिय विभेदका कारण जघन्य अपराधहरु बढेर गएको वताइन् ।
उनले यही सन्दर्भमा भनिन दलित र गैर दलित केटाकेटीहरुको सहमतमा बिवाह हुन्छ । उनिहरु भागेर जान्छन । दुवै पक्षको बुवा आमाले प्रहरीमा खोजि गर्दिनु भनेपछि प्रहरीले पक्रेर ल्याउछ त्यसपछि केटीको बुवा आमा आ्एर केटीलाई घर लगेर जान्छन केटालाई विभिन्न वाहानामा मुद्धा दर्ता गरिन्छ । मुद्धा दर्ता भएपछि अदालतमा पनि दलित त हुन फटाह नै होला भनेर आखा चिम्लेर फैसाला गरिन्छ र जेल चलान गरिन्छ ।यसरी अहिले पनि अनावशयक ४ जना जेल जिवन विताउन विवु रहका छन । यसरी सरकार र न्यायलयले दलितका मुद्धालाई कमजोर बनाइरहेको पनि वताएकी छन ।

20200606_131944

खोज पत्रकारीताको माध्यमबाट दलितहरुका विषय उठान गर्न सकिन्छ भन्ने बिषयमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य गणेश लम्सालले सहजीकरण गरेका थिए । तालिममा सुनसरीका बिभिन्न स्थानहरुबाट २० जना दलित तथा गैर दलित पत्रकारहरूको सहभागीता रहेको थियो । कार्यक्रमलाई प्रदेश नंम्बर १ की सांसद उमिता बराईलीको निर्वाचन बिकास कोषबाट आर्थिक सहयोगमा प्राप्त भएको थियो ।
क्रिष्टियन पत्राकार संघका केन्द्रीय अध्यक्ष तारा लमगादेले दलितका मुद्धा कसैले नलेख्ने र संचार माध्ययममा पनि स्थान नदिने भएकाले लेख्नकै लागी पत्राकरीतामा लागेको बताए । भावी पुस्ताले पनि पत्राकारिता पेसामा लागे उत्पिडनमा परेको वर्ग समुदायको भलाई हुने उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ प्रदेश १ का सचिव रणध्वज लोहारले सञ्चारको विकाससँगै पत्रकारहरु बाँच्ने आधार बनेको भएपनि दलित युवाहरू पछिल्लो समयमा पत्रकारीताबाट पलायन हुँदै गएको बताए । पत्रकारीतामा हुने चुनौतीका कारण यो अवस्था सृजना भएपनि अबको दिनमा दलित पत्रकारहरू संगठित भइ पेशागत विकासका लागी विभिन्न कार्यक्रमहरूको आयोजना गरी युवाहरूलाई यस क्षेत्रमा ल्याउन संघले प्रोत्साहन गर्ने उनले बताए ।
प्रबोध साप्तहिकका सम्पादक लम्जेल संघर्षशिलले दलित भित्र पनि ठुलो जातिय विभेद रहेको हामी भित्र समानता हुनुपर्ने वताए । दलित समुदायमा हुने विभेद यथावत रहेको अवस्थामा यसै विषयमा केन्द्रित भई तालिम आयोजना गरिएको राष्ट्रिय दलित पत्रकार संघ सुनसरीका अध्यक्ष दिनेश गजमेरले बताए । रूकुमको चौरजहारीमा भएको हत्याकाण्डा तथा कोरोनाको महामारीका बेला क्वारेन्टाइनमा दलित भान्से भएकै कारण कुटाइ खानुपरेको घटनालाई नजिकबाट आफुहरुले बुझेको उनले बताए । यस्तो परिवेशमा विभेदको विषयमा जति बोले पनि कम हुने उनको भनाई थियो । कार्यक्रमको संचालन राष्ट्रिय दलित पत्राकार संघ सुनसरीका सचिव विनोद दर्नालले गरेका थिए ।