इटहरीः सुनसरी इटहरी २ का बिमल निरौला कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी हुन् । लकडाउन सुरु भएसगैं कलेज बिदा भयो । उनमा केही हप्ता त लकडाउनभरी के गर्ने ? कसो गर्ने ? भन्ने चिन्ताले साह्रै सताएको थियो । उनलाई दिन काट्न गाह्रो भएपछि घर नजिकैका १०÷११ जना छिमेकी साथीहरुसंग मिलेर केही क्रियटिभ कार्य गर्ने बिषयमा छलफल गरे । उनिहरु बीच आफ्ना लागि मात्रै होइन, आफ्ना क्रियटिभ कार्यले अन्यलाई पनि लकडाउनको अवधि घरमै बसेर काट्न सहज होस् भन्ने सोचाई आयो । छलफलकै क्रममा उनिहरुको समूहले छोटा तर समय सान्र्दभिक छोटो भिडियो बनाएर युटुबका हाल्ने निर्णय भयो । उनिहरु बीच निर्णय भए लगत्तै भिडियो निर्माणको कार्यपनि तत्कालै थालि पनि हाले ।
भिडियो निर्माण गरि युटुबमा अपलोड गर्न थालिहालेका उनिहरुले दर्शकहरुबाट सकरात्मक प्रतिक्रिया आउनुका साथै भ्युवर्स पनि प्रतिदिन बढ्दै गएपछि उनिहरुमा थप उत्साह नबढ्ने त कुरै भएन् । उनिहरुमा थपिएको उर्जाका कारण क्रियटिभ कार्यले निरन्तरता पाइ नै रह्यो । जसको परिणाम यतिबेला उनिहरुको समूहलाई भिडियो निर्माणमा भ्याई नभ्याई छ ।
लकडाउनले शहर सुनसान रहेको छ । शहरमा सुटिङ गर्न नमिल्ने भएकाले गाउँको परिबेशमा गएर भिडियो सुट गर्दै आएको समूहका अर्का बीबीएस दोश्रो बर्षमा अध्ययन गर्ने बिद्यार्थी चिरञ्जीवी खतिवडाले बताए । उनी भन्छन् ‘लकडाउन नहुदाँ बिहान क्याम्पस गयो आयो के के घरायसी काम गर्दा दिन बित्न गाह्रो हुदैन थियो तर लकडाउनमा बसेर हाइ काड्नु भन्दा केही गरौं दिमागलाई क्रियटिभ बनाउँ भन्ने लागेर सर्ट भिडियो बनाउन थालेका हौ । दर्शकबाट राम्रो माया पाईरहेका छौं ।’
उनीहरुले लकडाउनको समयमा हात नमिलाउने, एक अर्कामा अङ्गालो नहाल्ने, साथै लकडाउनमा ब्यापारीले आम जनतालाई कसरी ठक्छन् ? कसरी जोगिने जस्ता समाजमा हुने दैनिक घटनाहरुलाई अभिनयको माध्यमबाट जस्ताको त्यस्तै भिडियोमा पस्कने गरेका छन् । यसरी यर्थाथ कुराहरुलाई अभिनयको माध्यबाट युटुबमा ल्याउँदा प्रतिदिन दर्शक बढ्दै गएको निरौला बताउँछन् । उनीहरुको सर्ट भिडियो युटुबमा फोके भाइन्स नामक च्यानल देखि हेर्न सकिनेछ ।

filmy makeing2