इटहरी: नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अस्पतालका अनुसार उनको शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचार भइरहेको थियो।
पछि कोरोनाको संक्रमण पुष्टि भएपछि सोमबार साँझ ७ बजे भरतपुर अस्पताल ल्याएर कोभिड आइसियूमा राखेर उपचार गरिदैं आइएकोमा मंगलबार बिहान मृत्यु भएको अस्पतालको भनाइ छ।
मृतकलाई पहिलादेखि नै सुगर तथा प्रेसरको समस्या थियो।
अस्पतालले पछिल्लो समय भएको कोरोना र निमोनियाका कारण उनको मृत्यु भएको जनाएको छ।