इनरुवा:सुनसरी सदरमुकाम इनरुवा मुख्य बजारमा लागेको आगो ६ घण्टा पनि नियन्त्रणमा आएको छ ।

धरान, इटहरी, बराहक्षेत्र, दुहबी र मोरङको सुन्दरहरैंचाको ६ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको निरन्तरको प्रयासले आगो नियन्त्रणमा आएको सुनसरी प्रहरीले जनाएको छ ।

आगलागीबाट हनुमान बस्त्रालय पर्णरुपमा जलेको छ । नजिकैको सिर्जना फाईनन्स पनि पुर्ण रुपमा जलेको छ । सप्तकोसी हार्डवेयरमा पनि केही क्षति पुगेको बताइएको छ । के कारण आगलागी भएको हो र के कति क्षति भयो बारेमा भने अहिले जानकारी आएको छैन ।

इनरुवा नगरपालिकाको दमकल बिग्रिएको कारण मुख्य चोकमा भएको आगलागीले ठुलो रूप लिएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।