विराटनगरः प्रदेश १ मा आईतबार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १७, झापामा २, उदयपुरमा ६ र सुनसरी र इलाम एक एक जना नयाँ संक्रमित फेला परेको पुष्टि गरेको हो ।

उनीहरुमा पीसीआर परीक्षण गर्दा उनीहरुमा रिर्पोट पोजेटिभ देखिएको हो । आईतबार पोजेटिभ रिर्पोट आउनेहरुमा ६ जना महिला छन् । प्रदेश १ मा हालसम्म जम्मा २२ हजार ९७८ जनामा पीसीआर परीक्षण गरिएकोमा ५६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।