धरान: दुई महिना अघि छुरा प्रहार गरेर फरार रहेका युवालाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान १५ नयाँसडक बस्ने बुद्ध कुमार राईका १८ बर्षीय छोरा निश्चल लिम्बु रहेका छन् । उनले गत बैशाख ५ गते शुक्रबार राती करिब ९ बजे केशव राईलाई पेट र शरीरका अन्य भागमा छुरा प्रहार गरि फरार भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनामा प्रयोग भएको छुरा सोही दिन प्रहरीले वरामद गरेको थियो । उनलाई ज्यान मार्ने मुद्यामा जाहेरी दरखास्त भई अदालतबाट निश्चल लिम्बुको पक्राउ पुर्जि आएपछि खोजतलासि गर्ने क्रममा गत शुक्रबार पक्राउ गरेको प्रहरीको भनाइ छ ।

आइतबार उनलाई जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानको लागि म्याद थप गरिएको धरान प्रहरीले जानकारी दिएको छ ।