भोजपुर: भोजपुरको पूर्वी अरुण गाउँपालिका–३ प्याउली स्थित एक घरमा आगलागी भएको छ ।

आइतबार दिउँसो विद्युत सर्ट भई स्थानीय कर्ण बहादुर कार्कीको घरमा अचानक आगलागी हुँदा उनको ३ वर्षीया नातिनी बिष्णु माया कार्की घाईते भएकी छन् ।

घाईते बालिकालाई उपचारको लागी वी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ । आगलागी हुँदा कार्कीको टिनको छानो भएको कच्ची घर र घर भित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सम्पुर्ण समान जलेर नष्ट हुँदा करिब १५ लाख बराबरको क्षति भएको हो ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।