इटहरीः सुनसरीको कोभिड उपचार हुने एकमात्र स्थान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हङकङ नेपाल समन्वय समाजले ३०० स्वाब स्टिक सहयोग गरेको छ । प्रदेश १ र २ को स्वाब रिपोर्टको आधिकारिकता दिने प्रतिष्ठानलाई ७७ हजार बराबरको स्वाब स्टिक आइतबार हस्तान्तरण भएको हो ।

वि.पि.प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरिलाई हातेमालो फाउन्डेसनका अध्यक्ष इन्द्र लिम्बू ,महासचिव प्रज्वल गजुरेल र हङकङ नेपाल समन्वय समाजका सल्लाहकार र धरान हङकङ मञ्चका पूर्व अध्यक्ष र सिङ्गक समाज हङकङका अध्यक्ष र याक्थुङ सिङ्गक फाउन्डेसनका सल्लाहकार नानीचन्द्र सिङ्गकले हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा गीतकार तथा याक्थुङ सिङ्गक फाउन्डेसनकी अध्यक्ष मीना  सिङ्गक ,सौन्दर्य कला व्यवसायी सङ्ग धरान नगर कि अध्यक्ष कमला सुब्बा ,उद्योग वाणिज्य संघ धरानका सक्रिय सदस्य दिनेश राई ,मिस्टर धरान २०६८ र याक्थुङ सिङ्गक फाउन्डेसनका सक्रिय सदस्य दिनेश सिङ्गक ,डाक्टर धनकेसर खड्का ,डा.अभिषेक कर्ण ,डा.कुमार गुरुङ ,डा.आषिश श्रेष्ठ ,डा.गुन्जन पोख्रेल ,डा.कुनाल बिक्रम देव ,डा.प्रबिद गजुरेल ,डा.विपेश आचार्यको पनि उपस्थिति रहेको थियो ।

हातेमालो फाउन्डेसन र हङकङ नेपाल समन्वय समाज बिचको यो सहकार्यले आगामी दिनमा पनि यस्तै आवश्यक क्षेत्र पहिचान गरेर सहयोग दिने गीतकार मीना सिङ्गकले बताइन ।