विराटनगर प्रदेश १ सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी हालसम्म भएका कार्यहरुको विस्तृत प्रतिवेदन प्रस्तुत गरेको छ । शुक्रबार विराटनगरको उद्योग सङ्गठनमा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रदेश सरकारले प्रतिवेदन प्रस्तुत गरेको हो ।
नोभल कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी प्रदेश १ सरकारले प्रारम्भिक चरणदेखि नै योजनाबद्ध कार्ययोजना बनाई समन्वयात्मक रुपमा कार्य गर्दै आएको छ । प्रदेश सरकारले कोरोनाको भाईरसको उपचार नियन्त्रणका लागी कोरोना जनसुरक्षा कोष तथा क्वारेन्टाईन स्थलको स्थापना, पिसिआर पद्धतिबाट कोरोना परिक्षण, आईसोलेशन वार्डको स्थापना र सङक्रमितलाई कोरोना बिशेष अस्पतालमा उपचारको प्रबन्ध लगायतका कार्यहरु गरेको पत्रकार सम्मेलनमा जानबारी दिएको छ । कोरोना भाईरसको रोकथाम तथा नियण्त्रणका लागी प्रदेश सरकारले ‘नोभल कोरोना भाईरसको परिचय तथा रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश सरकारको कार्य योजना’ समेत तर्जुमा गरि कार्यान्यनमा ल्याएको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताए ।
त्यस्तै कोरोना भाईरसको रोकथाम तथा प्रतिरक्षाका लागी प्रदेश १ सरकारले प्रदेशस्तरीय कोरोना जनसुरक्षा कोष स्थापना गरेको छ । कोरोना जनसुृरक्षा कोषमा हाल ३३ करोड ५४ लाख १ हजार ९ सय ४१ रुँपैया ४० पैसा जम्मा भएकोमा उक्त कोषबाट कुल २७ करोड ३३ लाख ८९ हजार ८ सय ९० रुँपैया बराबरको रकम विभिन्न मन्त्रालयहरु मार्फत् निकासा भई खर्च हुने क्रममा रहेको प्रस्तुत तथ्याङकले देखाएको छ ।
प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा प्रदेश सरकारको २५ करोड, नेपाल सरकारको तर्फबाट ४ करोड, बैङ्क तथा वित्तीय संस्थाहरुको तर्पबाट १ करोड ८६ लाख २ हजार २ सय ३६, प्रदेशका पदाधिकारी तथा कर्मचारीहरुको तर्फबाट १ करोड ६४ लाख ६० हजार ९ सय ७५ रुँपैया ८० पैसा, उद्योगी व्यावसायीहरुको तर्फबाट ७४ लाख ८० हजार र अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुको तर्फबाट २८ लाख ५८ हजार ७ सय ३० रुँपैया गरि ३३ करोडमाथिको रकम जम्मा भएको जनाईएको छ ।

















