इटहरी:  इटहरी पुर्वी नेपालमै विकासको गतिमा अघि बढेको नगर हो, तर प्राकृतिक विपतहरुबाट इटहरी पनि पूर्ण सुरक्षित छैन ।
इटहरीको मुख्य समस्याको रुपमा रहेको डुवानले बर्षेनी इटहरीवासीलाई पिरोल्दै आएको छ । यस्तै इटहरीको मुख्य समस्या बन्दै आएको आगलागीका कारण करोडौको सम्पति क्षण भरमै खरानी हुने गरेको छ ।

बाढी नियन्त्रणको लागि खोला सफाइ, तटबन्ध निर्माणजस्ता कामहरु भइरहेपनि आगलागी नियन्त्रणको लागि भरपर्दो उपाय अपनाउन सकिएको छैन ।

२०११ सालमा इटहरी चोकमा आगलागी हुँदा झण्डै दुई दर्जन घर खरानी भएका थिए । पछि बडाहाकिम भुपालमानसिंह कार्कीले इटहरी चोकको जग्गा अधिग्रहण गरी वस्ती बसाएको इटहरीका बुढापाकाहरु बताउँछन् ।

त्यसयता पनि वर्षेनीजस्तो इटहरीमा आगलागीले ध्वंश मच्चाउने गरेको छ ।
वि.सं. २०७५ साल कार्तिक दिपावलीमा बालेको ईलेक्ट्री बत्ती सर्ट भई इटहरी चौक नजिकै हाल सिदार्थ बैंक भएको घरमा आगलागी भयो । त्यस घरमा रहेका ईलेक्ट्रीकको पसल, लत्ता कपडाको पसल जलेर खरानी भयो ।

इटहरीमा पालिकामा भएको आगो नियन्त्रण गर्ने बारुण यन्त्र समयमा आएपनि नियन्त्रण गर्न सकेन । पुर्वी पृतना मुख्यालय नजिकै भएकाले नेपाली सेना, नेपाल प्रहरीको सहयोग मा आगलागी ५ घण्टा पछि नियन्त्रणमा आयो ।
७५ सालमा इटहरी चोकको उत्तरतर्फ रहेको एक भवनमा आगलागी हुँदा त्यहाँ रहेका केही कार्यालयहरु ज्लेर नष्ट भए ।

त्यस्तै इटहरी चौक पश्चिम लाईनमा रहेको सुर्य कम्प्लेक्समा रहेको विगबार रेष्टुरेण्टमा २०७६ मंसिर २२ गते आगलागी भयो । जुन आगलागीले करोडौंको लगानीमा संञ्चालन भएको रेष्टुरेण्ट जलेर खरानी भयो । नजिकै उपमहानगर भएपनि चाडैं बारुण यन्त्र नआएकाले करोडौंको क्षति भयो । १५÷१६ जनाको कर्मचारीको रोजगारी पनि गुम्यो ।

माथिका यी घटनाहरु विद्युत् सर्टको कारण भएको बताइएको छ । विद्युत् सर्टले गर्दा घर, पसल र इटहरी चोकका ठूला भवन नै आगोले जलेर खरानी हुने गरेका छन् ।
विद्युत्कै कारण आगलागी हुनुमा विद्युतीय सामानको गुणस्तरलाई प्रमुख दोष दिन्छन्, युवा सेमन्त कोइराला । गुणस्तरीय सामान नहुनु, बेला बेला विद्युतीय उपकरण चेक नगर्नु जस्ता कारणले यस्ता घटना घट्ने कोईरालाको भनाई छ ।

विपत्तिका बेला मात्रै बहस हुने र अरु बेला कुनै निकायले ध्यान नदिने प्रवृत्तीले गर्दा इटहरीले आगलागीको दिगो समाधान खोज्न सकेको छैन । औजार खरिद गर्ने, नाङ्गगो तारलाई अन्डरग्राउण्ड गर्ने, बेला बेला प्रविधिका सामग्री चेक गर्नाले आगलागीमा कमी आउने आगलागीका घटनामा कमि आउने इटहरीका युवा प्रमोद भट्टराईको सुझाव छ ।

आगलागी विपत् भएकोले रोक्न त सकिन्न । तर आगलागी भइहाले क्षती न्युनिकरण गर्ने तयारी भने आवश्यक छ । केही महिनाअघि इटहरीको संगीत चोक नजिकै भएको आगलागीलाई नियन्त्रण गर्न त्यहाँ रहेको सेन्ट्रल प्लाजाको आगो नियन्त्रण प्रविधिको प्रयोग गरिएको थियो ।

इटहरी उपमहानगरपालिकाले विगत लामो समयदेखि दमकल व्यवस्थापनसमेत गर्दै आएको छ । तर अग्ला भवनहरु थपिइरहने इटहरीमा अत्याधुनिक दमकल हुनुपर्ने, दमकलको संख्या बढाउनुपर्ने ठाउँ ठाउँमा सुरक्षा उपकरण प्रयोग गर्न निजी क्षेत्रले पनि हातेमालो गर्नुपर्ने आवश्यकता छ ।