इटहरी ‘लिपुलेक लिम्पियाधुरा हाम्रै कालापानी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो युट्युबमार्फत बिहीबार इटहरी २४, २४, २४ पत्रकारिता अभियानको समापन समारोहमा सार्वजनिक गरिएको हो ।

गायक शीर कुमार सामपाङ, गजेन वान्तवा, रेमन पुवर मगर र गायिका सुनिता शाक्यको आवज रहेको गीतमा आरसी फुल्हाङको संगीत रहेको छ ।

यदु राईको शब्द रहेको गीतको भिडियोलाई शीर कुमारले निर्देशन गरेका छन् । गीतमा राष्ट्रियताको भाव झल्किएको छ ।

गीतको प्रिमियर भने आजै सम्पन्न नेप्ली मिडिया प्रालिले गरेको २४, २४, २४ पत्रकारिता अभियानको समापन समारोहमा गरिएको थियो ।