इटहरी :बाढीबाट बिस्थापित ३ परिवारलाई लायन्स क्लब अफ इटहरी स्मार्ट र होप धरानको संघुक्त पहलमा खाद्यान्न सहित आर्थिक सहयोग गरेको छ । केही अघि अविरल वर्षाका कारण बिस्थापित भएका सुनसरी धरान ५ स्थित सुन्दर बस्तीका ३ परिवारलाई खाद्यान्न, लत्ताकपडा सहित प्रतिपरिवार ५ हजारका दरले सुहयोग उपलब्ध गराईएको लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिकी अध्यक्ष लक्ष्मी गौतमले जानकारी दिइन् ।

उक्त दुई संस्थाले पिडितका घरमै पुगेर सहयोग सामग्री प्रदान गरेका हुन् । कार्यक्रममा जिल्ला ३२५ ए १ कि एरिया चिफ रेखा गुरुङ, एओजि राजेन्द्र केशरी घिमिरे, जिल्ला चियरपर्सन नेल्सन ढकाल, होप धरानका अध्यक्ष निश्चल पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

lions 2