बराहक्षेत्र :सुनसरीको बराहक्षेत्र नगरलाई कार्यक्षेत्र बनाई स्थापित सदाबहार मिडिया प्राली बिहिवारबाट औपचारिक रुपमा कार्य संचालनमा आएको छ।
१ नम्बर प्रदेश सुनसरीको बराहक्षेत्र नगरपालिकामा मुख्य कार्यालय रहेको प्रालीले नियमित रुपमा कार्य गर्ने प्रालिका अध्यक्ष बिजयकुमार राउतले बताए।
राउतका अनुसार मिडिया हाउसले सदाबहार न्युजको अनलाइन पोर्टल, मासिक पत्रिका, अनलाइन टिभी र बराह खबर राष्ट्रिय दैनिक पत्रिका संचालनमा ल्याउने छ। सदाबहार न्युज डट कमको अनलाइन समाचारको प्रकाशन सुरु भैसकेको भएपनी अन्य माध्यमहरु केही समयमा आउने अध्यक्ष राउतको भनाई छ।
विकास, परिवर्तन तथा समृद्धिका लागि संञ्चारमा रहेर सत्यतथ्य स्थानीय सुचना र समाचारलाई प्राथमिकतामा राखी सम्बन्धित निकायसम्म पुर्याउने जिम्मेवारी मिडिया हाउसको भएकाले आफुहरु पछि हट्न नसक्ने मिडिया नेपाल १ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका राउतले बताए।
प्रालिले कोरोना भाइरस र यसबाट सिर्जित समस्या कम भएपछि औपचारिक उद्घाटन गर्दैछ ।