ईटहरी: घरको बरण्डाबाट लडेर मोरङको बेलबारीमा एकजनाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका– १ मा ३५ वर्षीय राजकुमार धितालको लडेर मृत्यु भएको हो ।
शुक्रबार राति पौने ९ बजे आफ्नै घरको बरण्डाबाट अचानक लडेर वेहोस भएका धितालको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राति १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।