इटहरी: सुनसरीको रामधुनी नगरपालिका स्थित झुम्का बजारमा आयोजना गरिएको रक्तादान कार्यक्रममा २ सय ८२ प्रिन्ट रगत संकलन भएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला कार्य समिति सुनसरीले ४२ औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर गक्त कार्यक्रम गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनी नगर कार्यसमितिको व्यवस्थापनमा पुष्पलाल स्मृति प्रतिष्ठान १ नम्बर प्रदेशका सचिव धर्मराज निरौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कोभिड–१९ को महामारीको समयमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा रामधुनी नगर सभापति राम कोइरालाले जानकारी दिए । कार्यक्रममा पुर्व राज्यमन्त्री राम कुमारी चौधरी, पाटीं जिल्ला अध्यक्ष योगेन्द्र मण्डल (पप्पु) प्रतिष्ठान जिल्ला अध्यक्ष नन्द बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीले रगत संकलनका लागि सहयोग गरेको थियो ।
यस्तै नेपाली काँग्रेस पार्टीको भात्री संघठन तरुण दलले पनि रामधुनीको झुम्कामा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा १ सय ७२ प्रिन्ट रगत संकलन भएको छ । ३८ औं बिपि कोइराला स्मृति दिवसको अवसर पारेर उक्त रक्तदान कार्यक्रम गरेको हो ।
हालको विषम परिस्थितिलाई मध्यनजर गरी रगत अभावमा कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको तरुण दल रामधुनी नगर अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए ।
कार्यक्रममा प्रदेश–१ प्रतिपक्षी दलका नेता तथा सुनसरी पार्टी अध्यक्ष सांसद राजिव कोराइलाको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रममा पार्टी जिल्ला सचिब केदारी भण्डारी, प्रतिनिधि सभा सदस्य सासंद सिताराम मेहता लगायतको उपस्थिती रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीले रगत संकलनका लागि सहयोग गरेको हो ।