इटहरी :वी.पी.कोइराला युवा नेतृत्व विकास मञ्च सुनसरीको अध्यक्षमा प्रकाश कार्की मनोनित भएका छन् ।

मञ्चले एक पत्र जारी गर्दै जननायक विश्वेश्वरप्रसाद कोइरालाको समाजवाद प्रती आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएको युवाहरुको साझा चौतारीको रुपमा गठन भएको बिपि कोइराला युवा नेतृत्व विकास मञ्चको सुनसरी अध्यक्षमा जिम्मेवारी कार्कीलाई दिईएको हो ।

वी.पी. का विचार र लोकतान्त्रिकका समाजवादहरुका विषयहरुलाई छलफल गर्दै युृवाहरुलाई जागरुक बनाउँदै आएको र अबका दिनमा अझ युवा माझ वी.पी.का विचारलाई आतमसात गरी अघि बढाउनका लागि मञ्चले कार्कीलाई सुनसरी अध्यक्षमा मनोनित गरेको मञ्चका केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालले जानकारी दिए

ताप्लेजुङमा देउमान लिम्बु, शंखुवासभामा सन्तोष बस्नेत सहित २६ जिल्लामा जिल्ला अध्यक्ष मनोनयन गरेको छ ।