केही दिन अगाडी एसिड प्रहारबाट घाइते ओखलढुंगाकी २२ वर्षीय युवती पवित्रा कार्कीलाई अनेरास्ववियूका केन्द्रीय नेताहरुले नगद सहयोग गरेका छन् ।
काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई सत्तारुढ दल नेकपा निकट विद्यार्थीहरुले भेटेर सोमबार बिहान भेटेर १० हजार नगद राहत उपलब्ध गराइएको अनेरास्ववियूका नेता सुदेश पराजुलीले जानकारी दिए ।
पीडित युवतीलाई भेट्न अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, सुदेश पराजुली र मेघनाथ चापागाईं कीर्तिपुर अस्पताल पुगेका थिए ।
भेटघाटको क्रममा सहसंयोजक तामाङले एसिड प्रहार गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही दिलाउन र एसिड बिक्री वितरणलाई नियमन गर्न आफूहरुले दबाव सिर्जना गरेको जानकारी दिए ।
यही साउन ८ गते साँझ काठमाडौंको सीतापाइलामा कार्कीमाथि एसिड प्रहार भएको थियो । उनलाई एसिड प्रहार गर्ने भारतीय नागरिकलाई प्रहरीले सोही दिन राति पक्राउ गरेको थियो ।