इटहरी:प्रदेश १ मा सोमबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा मोरङको विराटनगर महानगरपालिकामा ७, रतुवामाइ नगरपालिकामा १२, झापाको बारदशी गाउँपालिकामा २, धनकुटाको महालक्ष्मी नगरपालिका र पाँचथरमा १÷१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएको विराटनगरको ७ जना मध्ये ४ जना विराट नर्सिङ्ग होममा कार्यरत नर्स हुन् । सोमबार २३ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।