इटहरी: गायिका विमला गुरुङको तीज गीत ‘चट्ट कपाल कोरी’ सार्वजनिक भएको छ । मनोरञ्जन नेपाल युट्युब च्यानलमार्फत गुरुङको तीज गीत सार्वजनिक भएको हो ।
इटहरीमा बसेर व्यवसाय गर्दै आएकी गुरुङले यसअघि पनि आधा दर्जन बढी गीतमा स्वर दिईसकेकी छिन् ।
नरेश खड्काको शब्दमा रहेको उक्त गीतको संगीत कुन्दन राईले गरेका हुन् ।

दिनेश राईले खिचेको उक्त भिडियो श्री कुमार साम्पाङले निर्देशन गरेका छन् । गायिका गुरुङले सानै उमेरदेखि नै गीत संगीतको क्षेत्रमा रुचि भएको बताईन् । उक्त गीतको सुटिङ पुर्वका पर्यटकीय स्थल गोकुलममा गरिएको हो ।
आँफूहरुले सार्वजनिक गरेको गीत मौलिक र लोकभाकामा रहेकाले दर्शक, स्रोताले रुचाउने उनको तर्क थियो ।