विराटनगर: मोरङको विराटनगरमा सोमबार कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

विराटनगर ५ का ७७ वर्षीय पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोसी अस्पतालका चिकित्सक डा. दिपक सिग्देलका अनुसार उनी सोमबार विहान श्वासप्रश्वासमाको समस्या लिएर आएका थिए । उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरि आइसोलेशनमा राखेर उपचार गर्न थालिएको थियो । संक्रमित पुरुष उपचारको क्रममा मृत्यु भएको र परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको उनले जानकारी दिए।

प्रदेश १ मा यो केस दोश्रो हो भने कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको पहिलो केस हो । यसअघि मोरङको सुनवर्षीका एक पुरुषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । 

मृतक वृद्ध मधुमेह राेगबाट पीडित थिए । चार दिनयता उनलाई ज्वराे आएपछि साेमबार उपचारका लागि आएकाे अस्पतालले जनाएकाे छ ।

 

कोरोना संक्रमितको मृत्यु भएपछि परिवारको सहमतिमा नेपाली सेनाको टोलीले शव व्यवस्थापनको गर्ने डा.सिग्देलले जानकारी दिए ।